Loading...
संखुवासभा, १४ कात्तिक– १८ बर्षीया किशोरी निमछिकी शेर्पा तीन सन्तानकी आमा बनेकी छिन् । अशिक्षा र अज्ञानताले गर्दा उनले १४ बर्षमै बिहे गरिन् र लगातार तीन बच्चा जन्माइन् । स्याबुन –५ देउराली चित्रेका फुर्तेम्बा शेर्पासँग २०६८ सालमा विवाह गरेकी उनका तीन बर्षीया जेठी छोरी निमलमु, दुई बर्षीय छोरा तेन्जी र एक महिनाका छोरा लाक्पा शेर्पा छन् ।
२०५३ चैत २० गते जन्मिएकी उनी आमा बनेकोमा आफैँ छक्क मान्छिन् । तीन सन्तानकी आमा भएपनि उनी छोराछोरीसँगै खेल्ने गर्छिन् । उनमा बच्चालाई स्तनपान गराउने तरीका, पोषकतत्व र सरसफाइबारे कुनै ज्ञान छैन । उनी आफैँ सानो उमेरकी भएकीले आफ्ना सन्तानलाई कसरी पालनपोषण गर्ने र हुर्काउने भन्ने ज्ञान पनि छैन । कसरी हुर्काउँछौ यी सन्तान भन्ने जिज्ञासामा उनले ‘आफैं हुर्किन्छन्’ भन्ने जवाफ दिइन् ।
–अन्नपूर्ण पोस्टबाट
Loading...
Social Buttons