Loading...
काठमाडौँः वि.सं. २०१८ साल असार ५ गते भोजपुरको गुराँसेमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिएकी विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा निकै ठूलो उतार–चढावको सामना गरिन । भोजपूरको पाण्डे परिवारमा जन्मिएकी विद्यादेवी भण्डारी राजनीतिक माहौलमा हुर्किइन् ।
राजनीतिक माहोलमा हुर्केकी विद्याको पहिलो भेट मदनकुमार भण्डारीसँग भोजपूरमै हिमालधन राईको डेरामा भएको थियो । त्यतिबेला सागर नामले परिचित मदनसँग उनको सामान्य संगत भयो । २०३७ सालमा १७ वर्षे उमेरमा विद्यालाई पार्टीकै तीनै मदनसँग विवाह गर्ने प्रस्ताव पार्टीले राख्यो । २०३९ सालमा विद्याको मदनसँगै विवाह भयो ।
माइतीबाट विद्रोह गरेर भुमिगत नेतासँग विहे गर्दा उनले ठूलो खतरा मोलेकी थिइन् । अभाव र संघर्षबाट गुज्रिदै दुई छोरी हुर्काइन् । केही समय मोरङको एक विद्यालयमाव शिक्षिका भएर उनले काम गरिन् ।
विद्याले २०३५–३६ सालदेखि प्रगतिशील विद्यार्थी आन्दोलनमा क्रियाशील भएर काम गरिन् । २०३७ सालदेखि तत्कालीन नेकपा (माले)मा सङ्गठित हुँदै लोकतन्त्र र सामाजिक न्याय प्राप्तिको आन्दोलनमा सशक्त भूमिका खेल्दै आइन् । २०५० जेठ ३ गते चितवनको दासढुंगामा मदन र जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा निधन भयो । त्यसपछि पनि विद्याले राजनीतिमा कहिल्यै हरेस खाइनन् । उनी २०५४ सालमा करीव ७ महिना जनसंख्या तथा वातावरण मन्त्री बनिन् । त्यहि वर्ष उनी नेकपा एमालेको केन्द्रीय सदस्य निर्वाचत भइन् ।
भण्डारीको निधन लगत्तै २०५० मा भएको उपचुनावमा मदनकी बिधवा विद्याले कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईलाई काठमाडौं क्षेत्र नम्बर १ मा पराजित गरेर चर्चा पाइन् । त्यस लगत्तै भएको २०५१ को मध्यावधी निर्वाचनमा विद्याले तत्कालिन सभामुख दमननाथ ढुंगानालाई काठमाडौं २ बाट पराजित गरेपछि उनको राजनीतिक उचाई अझ अग्लियो । २०५६ सालमा सम्पन्न तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं– २ बाट निर्वाचित हुँदै उनले विधि निर्माणमा क्रियाशील भूमिका खेल्दै आइन ।
विगतमा रक्षा मन्त्रालय जस्तो चुनौतीपूर्ण जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने पहिलो महिला मन्त्रीका रूपमा स्थापित भण्डारीसँग वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकोसमेत अनुभव छ ।
२०५४ सालदेखि अखिल नेपाल महिला सङ्घको अध्यक्षका रूपमा नेपाली महिला आन्दोलनको अगुवाइ गर्दै आएकी उनीसँग टे«ड युनियन आन्दोलनको समेत अनुभव छ । २०५४ सालमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्यका रूपमा पार्टीको नेतृत्वदायी भूमिकामा स्थापित भएकी उनी आठौं र नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको उपाध्यक्ष जस्तो महत्वपूर्ण ओहदामा निर्वाचित भइन् ।
शब्दचित्रमा भण्डारी
व्यक्तिगत र पारिवारिक बिवरणः
जन्मः २०१८ सालअसार ५
जन्मस्थानःभोजपुर जिल्ला, मानेभञ्ज्याङ गाविस
पिताःस्व।रामबहादुर पाण्डे
माताःमिथिला पाण्डे
बाल्यकाल—शिक्षाः बेहेरेश्वर प्राथमिक बिद्यालय, भोजपुर
माद्यमिक शिक्षाःबिद्योदय व्यवसायिक सेकेन्डरी स्कुल
कलेजःभोजपुर क्याम्पस,भोजपुरबाट आई। ए। उतिर्ण
महेन्द्र मोरड कलेज बिराटनगरमा बि।ए।अध्ययन
बिबाहःतत्कालिन नेकपा ९माले० का नेता मदनकुमार भण्डारीसँग २०३९ सालमा पार्टीको आयोजनामा बिबाह
छोरीहरुःउषाकिरण भण्डारी ९२०४१ मा जन्म० र निशाकुशुम भण्डारी ९२०४४ मा जन्म०
राजनीतिक यात्राः
भोजपुर क्याम्पसमा पढ्दा २०३५ सालमा तत्कालिन नेकपा ९माले० सम्बद्ध युवा लीगमा संगठित
२०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधी
२०३७ सालमा तत्कालिन नेकपा ९माले० को सदस्यता प्राप्त
२०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य
२०३९—०४० सालमा महेन्द्र मोरड क्याम्पसको स्ववियू कोशाध्यक्षमा निर्वाचित
२०४६ मा किर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङको तर्फबाट प्रतिनिधी
२०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ जिफण्टको महिला बिभाग प्रमुख
२०५४ सालमा नेपालगञ्जमा भएको नेकपा ९एमाले० को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित
२०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित, त्यसपछि दुई वटा सम्मेलनबाट अखिल नेपालमहिला संघको अध्यक्षमा निर्वाचित, हालसम्म अखिल नेपाल महिला संघको अध्यक्ष
२०५९ सालमा जनकपुरमा भएको नेकपा ९एमाले० को सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित
२०६४ सालमा बुटवलमा भएको नेकपा ९एमाले० को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित
२०७१ सालमा काठमाडौंमा भएको नेकपा ९एमाले० को नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित
राजकीय जिम्मेवारीः
२०५० सालमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित
२०५१ म काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित
२०५४ सालमा वातावरण तथा जनसंख्या मन्त्री
२०५६ मा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित
२०६७ बाट २०६९ सम्म रक्षामन्त्री
भ्रमणः
भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा, इटाली

Social Buttons