Loading...
काठमाण्डु, १९ असोज– छिमेकी चीनले भारतको अघोषित नाकाबन्दी व्यवहोरिरहेका नेपालका आपूर्तिका समस्या सम्बोधन गर्न सरकारलाई दिगो विकल्पको ढाडस दिएको छ । चीनतर्फका दुई नाकालाई जितिसक्दो छिटो खुलाएर दैनिक उपभोग्यवस्तुको आयात गर्ने कूटनीतिक पहल भइरहेको जानकारी सरकारी अधिकारीहरुले दिएका छन् । भूकम्पका बेला पहिरो गएका कारण चीनसितका दुवै नाका अवरुद्ध छन् । चीनले दिगो समाधानको लागि सर्तसहितको विकल्प दिएको अधिकारीहरुले बताएका छन् । छिमेकी भारतले अघोषित नाकाबन्दी नै लगाएको भित्री निष्कर्षसहित सरकारले तत्काल र दिगो समाधानको विभिन्न विकल्पबारे आन्तरिक छलफलका क्रममा चीनले दिएको विकल्पको विषयमासमेत विचार विमर्श भएको हो । चीनले नाकामा स्थानीय सरचना बनाउनेदेखि चौडा सडक निर्माण गरिदिनेसम्ममको अनौपचारिक प्रस्ताव गरेको छ । कान्तिपुर दैनिकबाट -
Loading...
Social Buttons