Loading...
प्रमुख विपक्षी कँग्रेसले नेपालमाथि लगाइएको अघोषित नाकाबन्दी तत्काल खुलाउन पनि ध्यानाकर्षण गराएको छ ।
नाकाबन्दीका कारण दुई देशबीचको सम्बन्ध नकारात्मक हुन खोजेकाले यस्तो अवस्था धेरै दिन रहन नहुनेमा उसको जोड छ ।
‘नेपाल र भारतबीच सम्बन्ध पुनस्र्थापित गराउन प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफैं अग्रसर हुन भनेका छौं’, कँग्रेस नेता प्रमोद तिवारीको हवाला दिँदै ‘द इकोनोमिक्स टाइम्सले लेखेको छ, ‘मोदीले उचित कदम चाल्न ढिलाइ गर्नु हुँदैन ।’
कँग्रेसले नेपाल भारतको एक अभिन्न मित्र भएकाले उसलाई दुःख दिन नहुने समेत बताएको छ ।
भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले नेपालमाथि आइलागेको संकट समाधानका लागि सहयोग गर्न आग्रह गरेको पनि उनले उल्लेका गरेका छन् ।
Loading...
Social Buttons