Latest News

किन गर्‍यो चीनले नेपाली सेनाको गुप्तचरी ? दुई चिनियाँ नागरिक पक्राउ

काठमाण्डु, २८ असोज– नेपाली सेनाको मुख्यालय क्षेत्रमा ड्रोन क्यामरा उडाएको आरोपमा चिनियाँ टेलिभिजन चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी) का दुर्इ पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले सिसिटिभीमा कार्यरत क्यामराम्यान र निर्देशकलाई बिनाअनुमति संवेदनशील क्षेत्रमा ड्रोन क्यामरामार्फत दृष्य खिचेको आरोपमा दाइ ल्याङ र लिडोङ वेनलाई नियन्त्रणमा लिएको हो ।
‘ड्रोन क्यामरा उडाएर दृष्य लिएको देखिएपछि दुबैजनालाई क्यामरासहित नियन्त्रणमा लिएका थियौं,’ सिंहदरबार बृत्तका डिएसपी प्रजित केसीले भने ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’
बुधबार दिउँसो २ बजे भद्रकाली क्षेत्रमा ड्रोन क्यामरा उडाएर दृष्य खिचिरहेको सूचना आएपछि सिंहदरबारको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
ड्रोन क्यामराले खिचेको दृष्य हेर्दा उनीहरुले भद्रकालीमा रहेको सेनाको पेट्रोलपम्पमा इन्धनका लागि लाइनमा रहेको सवारी, सवारी चालकहरुको विरोधका दृष्यसँगै सैनिक मुख्यालयको दृष्यसमेत देखिएपछि प्रहरीले ड्रोन क्यामरा जफत गरेको थियो ।
चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी पाएलगत्तै नेपालस्थित चिनियाँ दूतावासका अधिकारी प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले उनीहरुको साथमा रहेको ड्रोन नियन्त्रणमा लिएर दुवैलाई दूतावास अधिकारीको जिम्मा लगाएर पठाएको छ ।
नागरिक दैनिकबाट
Loading...