Latest News

मुटु रोग के हो ? यसका लक्षणहरु के हुन ? र यसवाट बच्ने उपायहरु जानीराखौ !!!

मुटु
यतिबेला मानिसहरुमा मुटु रोगको समस्या दिम प्रतिदिन बढी रहेको छ । आउनुहोस जानौं केहि मुटु जोगाउने उपाईहरु:
–नुनको अधिक र कम दुवै सेवन शरीरमा हृदयघातको आमन्त्रण हो । अधिक नुन खानाले शरीरमा हृदयघातको समस्या देखिन सक्छ ।–आफ्नो खानामा घ्यू तथा तेलको मात्रा सीमित राख्नु पर्दछ । यिनको अधिकता हृदयको दुश्मन हुन जान्छ ।
–दैनिक आधा घण्टा मर्निङ वाक राम्रो हुन्छ । यसले स्वास्थ्यलाई नियन्त्रित राख्दछ । जसका कारण हृदय पनि स्वस्थ रहन्छ ।
–एक अमेरिकी शोधका अनुसार, मानिसको कम्मर जति बढ्दै जान्छ त्यति नै रोगको संख्या बढ्दै जाने बताएको छ । त्यसैकारण मानिसले आफ्नो शरीर आवश्यकताभन्दा बढी हुन दिनु हुँदैन । शरीर बढ्दै जानु हृदयसम्बन्धी रोगहरूको आगमन हुनसक्छ ।
–आफ्नो भोजनमा हरियो सागसब्जी तथा मौसमी फलहरूलाई विशेष जोड दिनुपर्दछ । प्रतिदिन भोजनमा यदि फरक फरक फल तथा तरकारी हुन सकेमा हृदय रोगहरू लाग्नबाट बच्न सकिन्छ ।
–तनावग्रस्त रहने हो भने मुटुमा बोझ पर्न जान्छ । अधिक तनावका कारण रक्तचाप बढ्ने र हृदयघातमा असर पार्न सक्छ । यसैकारण सकारात्मक सोच राख्ने र सँधै खुसी हुने कोशिश गर्नुपर्दछ ।मुटुलाई सधै तन्दुरुस्त राख्नका लागि यस्ता उपायहरु अपनाउनुहोस :
– नुन को प्रयोग धेरै मात्रामा नगर्नुहोस 
– खानामा घ्यू तथा तेलको मात्रा सीमित राख्नुहोस 
– धेरै छिटो रिसाउने बानि नगर्नुहोस 
– धेरै तनावग्रस्तरटेन्सनमा नरहने गर्नुहोस 
– नियमित रुपमा योग गर्नुहोस 
– हरियो सागसब्जी तथा मौसमी फलहरूलाई विशेष जोड दिनुहोस 
– आफ्नो रक्तचाप बेलाबेलामा जाची राख्नुहोस
Loading...