Latest News

दशैको शुवर्ण अवसर !!! सामसङले गर्‍यो मोबाइलका मुल्य घटाउने घोषणा

कोरियाको सवैभन्दा ठुलो इलोक्ट्रोनिक्स कम्पनी सामसङले यो तेश्रो चौमासिकमा कम्पनीको नाफा दुइ वर्ष यताकै उच्च हुने प्रक्षेपण गरेपछि यसको शेयर हवात्तै बढेको छ । सामसङले तेश्रो चौमासिकमा कम्पनीको नाफा असी प्रतिशतले वृद्धि हुने अर्थात सात दशमलब तीन खर्ब वोन (छ दशमलब तीन अर्ब डलर) पुग्ने प्रक्षेपण गरेको छ ।
यसको प्रथम चौमासिकमा नाफा चार दशमलब शुन्य छ खर्ब वोन रहेको थियो । यस अघि अर्थविद्हरुले सामसङको औषत नाफा छ दशमलब सात खर्ब वोन पुग्ने विश्लेषण गरेका थिए । एक वर्ष अघिसामसङका इलोक्ट्रोनिक्स सामाग्रीको बिक्रि सात दशमलब पाँच प्रतिशत अर्थात एकाउन्न खर्ब पुग्ने प्रक्षेपण गरिएको थियो । कम्पनीले यो महिनाको अन्त्यमा नाफाको विस्तृत विवरण सार्वजानिक गर्ने तयारीमा रहेको छ ।
सामसङको नाफा अप्रत्यासित रुपले वृद्धि हुने प्रक्षेपण कम्पनीले सार्वजानिक गरेपछि त्यसको सकरात्मक प्रभाव सोलको शेयर बजारमा परेको छ । सोलको शेयर बजार आठ दशमलब छ नौ प्रतिशत अर्थात बाह्र लाख एकाउन हजार वोनमा पुगेपछि शेयर कारोबार बन्द भएको छ ।
यसैबीच अप्रत्यासित नाफा हुने प्रक्षेपण गरेको सामसङले एप्पलको आइफोन एस सिक्स कोरियामा आउनु अघि नै आफ्नो नयाँ मोबाइल उत्पादनको मुल्य घटाउने घोषणा गरेको छ । ग्यालेक्सी एस सिक्स र एस सिक्स एज मोबाइल फोनको मुल्य घटाउने घोषणा सामसङको छ ।
नयाँ मुल्य अनुसार बत्तिस गिगाबाइटको ग्यालेक्सी एस सिक्सको मुल्य सात लाख उनासी हजार नौ सय वोन रहेको छ । यस अघि यसको मुल्य आठ लाख अन्ठाउन्न हजार वोन रहेको थियो । त्यस्तै चौसठ्ठी गिगा बाइटको मुल्य पनि नौ लाख तेइस हजारबाट सात लाख उनान्सय हजार सात सय वोनमा झरेको छ ।
Loading...