Latest News

नेपालले आफ्नो संविधान आफैले बनाउँदा भारतले दियो, ‘नाकाबन्दी गर्ने चेतावनी’

नयाँदिल्ली, ५ असोज– नेपालमा आइतबार संविधान जारी भएपछि भारतीय सीमावर्ती नेपाली भूभागमा हिंसात्मक घटना बढेको कारण देखाउँदै भारतले ‘सीमा क्षेत्रमा जारी तनाव अन्त्य गर्न नेपालले तत्काल पहलकदमी नदेखाएका कारण अहिलेको विषमस्थिति सामुमा आएको भन्दै गैरकुटनीतिक सन्देश सार्वजनिक गरेको छ । नेपालका लागि भारतीय राजदूत रञ्जित रे सोमबार बिहान दिल्ली उत्रिएपछि दिल्ली उत्रिएपछि दिनभर विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा नेपाल मामिलामा परामर्श भएपछि अपराह्न जारी विज्ञप्तिनमा चेतावनीयुक्त संकेतसहित ‘सीमावर्ती क्षेत्रमा देखिएको तनावबारे नेपाली राजनीतिक नेतृत्वलाई बारम्बार सजग गराइएको’ स्मरण गराइएको छ । भारतले बिहार राज्यमा असोज २५ देखि कात्तिक १९ सम्म ६ चरणमा हुन लागेको राज्यसभा निर्वाचनको सन्दर्भ जोड्दै सीमावर्ती तनाव र हिंसाजन्य गतिविधिबारे गत साता पनि विज्ञप्तिमार्फ्त सचेत गराएको थियो । ‘आइतबार संविधान जारी भएपछि भारतीय सीमा नजिकका नेपाली भूभागहरुमा घाइते र मृत्यु हुने गरी भएका हिंसात्मक घटनाप्रति हामी गम्भीर चिन्ता प्रकट गर्दछांै । विद्यमान अहसजताले गर्दा हाम्रा मालबाहक कम्पनी तथा यातायातकर्मीहरुले पनि नेपाल आवतजावातमा भोग्नु परेको कठिनाईसहित तिनको सुरक्षा चिन्ता प्रकट गरेका छन् ।’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतीय एक अधिकारीका अनुसार ‘सीमावर्ती क्षेत्रमा यस्तै अस्तव्यस्तस्थिति रहे बिहार राज्यको आसन्न चुनावको कारण देखाउँदै आगामी साताबाटै बिहार तथा उत्तर प्रदेशका नेपालसँग जोडिएका सबै आवतजावत नाका बन्द गर्ने बाध्यता पालना गर्नेसम्मका रायसुझाव हामीले पाएका छौं ।’ –कान्तिपुर दैनिकबाट 
Loading...