Loading...
काठमाडौं, २४ भदौ । नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जनाको ज्यान जानेगरी भएको टीकापुर हत्याकाण्डमा पूर्व माओवादी लडाकुको संलग्नता पुष्टी भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले टीकापुर घटनामा पूर्व माओवादी लडाकुको सलग्नता भएको पुष्टी गरेको छ ।
‘जोशीपुरबाट टीकापुर आएको आन्दोलनकारीको समुहमा पूर्व माओवादी लडाकुको सहभागिता थियो’ आयोगद्धारा विहीबार जारी बिज्ञप्तीमा भनिएको छ ‘पूर्वमाओवादी लडाकुले नेतृत्व गरेको जुलुसमा धेरै युवा थिए र उनीहरुसँग घरेलु हतिया पनि थियो ।’
थरुहट आन्दोलनकारीले निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले अश्रग्याँस हानेको र त्यसपछि आक्रोसित समुहले एसएसपीसहित प्रहरीको हत्या गरेको ठहर आयोगले गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीद्धारा जारी बिज्ञप्तीमा घरेलु हतियारको प्रयोग गरी एसएसपीसहित प्रहरीको हत्या गरिएको उल्लेख छ ।
त्यसैगरी दोहोरो झडका क्रममा बन्दुकको गोली लागि २ बर्षीय बालकको मृत्यु भएको पनि आयोगले जनाएको छ ।
Loading...
Social Buttons