Loading...
डोल्पा जिल्लाको एउटा गाउँ हतियारधारी समूहले लुटपाट गरेको छ । उपल्लो डोल्पाको गाउँ सबै लुटेराले लुटपाट गरेपछि त्यहाँका वासिन्ता विचल्लीमा परेका छन् । लुटपाटमा पर्ने उपल्लो डोल्पाको भिजेर गाविसको वार्ड नं. ९ कुगाउ हो । उक्त गाउँमा २४ घरधुरी रहेका छन् । सदरमुकामबाट पैदल यात्राबाट एक साता लाग्ने अत्यन्तै विकट रहेको उक्त गाउँमा दुई साता अघि एउटा हतियारधारी सशस्त्र समूह आएर गाउँ नै घेरा हालेर लुटेको स्थानीयले बताएका छन् । एक साता अघि नै लुटपाट भएको भए पनि सदरमुकाममा स्थानीय मान्छेहरु पैदल हिडेर पुग्नु पर्ने भएका कारण ढिला थाहा भएको हो ।
कुगाउका पेम्बा तेन्जेन गुरुङ्ग, पाल्जाङ्ग गुरुङ्ग र निमा निक्याल गुरुङ्ग एक हप्ता पैदल हिडेर सदरमुकाममा आई गाउँमा लुटपाट भएको जानकारी गराएका हुन् । उनीहरुले जानकारी दिए अनुसार जम्मा १८ जनाको संख्यामा आएको समूहले गाउँ नै लुटेको हो । आधुनिक हातहतियारले सुज्जित सो समूहले गाउँमा प्रवेश गरी अन्धाधुन्ध हवाई फायर गरेको र त्यसपछि गाउँलेहरुलाई मरणासन्न हुनेगरी कुटपिट गरेको थियो ।
लुटेरा समूहले पालै पालो घर घरमा पसेर धन पैसा र अन्य सबै सामानहरु लुटपाट गरेका थियो । पीडित गुरुङ्गले आफ्नो गाउँमा रहेका पुर्खौदेखिका बहुमुल्य सुन, चाँदीका गरगहना सबै लुटेराहरुले लुटेका छन् । त्यस्तै भोटे जातिले लगाउने बहुमुल्य मालाहरु, भोटे खाममा (चुरु) महङगा क्यामरा, गुम्बाका पुराना धार्मिक पुजा आजामा चाहिने पौराणिक सर समानहरु घण्टी (ढिल्बु) लगायत घर्यासी समानहरु सबै लुटपाट गरेको पीडित पेम्बा तेन्जेन गुरुङ्गले जानकारी दिए । लुटपाट भएदेखि अहिले स्थानिय बासिन्दहरु त्रसित बन्दै आएका छन ।
सशस्त्र समूहद्वारा लुटिएकाे अपर डाेल्पाकाे कु गाउँ पीडितहरु जिल्ला प्रसासन कार्यालय डोल्पामा आएर उजुरी दर्ता गरेका छन् । गाउँ सबै लुटिएको हुँदा कति क्षति भयो भन्ने एकिन नभए पनि करोडौको सामान लुटिएको पेम्बाले बताए । उनले गाउँको पूरै महत्वपूर्ण र बहुमुल्य सरसमानहरु धन सम्पती लुटेर लगेको बताए ।
घटनाको बारेमा बुझ्दा जिल्ला प्रहरी तथा जिल्ला प्रशासन कार्यलय डोल्पाले भने त्यसबारे केही थाहा नपाएको जनाएको छ । उपाल्लो डोल्पामा केही समयदेखि एक हतियारधारी समूह सक्रिय भएको सूचना आइरहेका थिए । यसअघि उपल्लो डोल्पाकै शे फोक्सुन्डो गाउँ नजिक यार्सागुम्बाका व्यापारीहरुलाई लुटपाट गर्ने समूह पनि यही हुन सक्ने अनुमान गरिएको छ ।
यार्सागुम्बा लगेर चिनमा बेचेर फर्केका दुई दर्जन व्यापारीहरुहरुलाई एकै ठाउँमा सुतेको अवस्थामा कब्जामा लिइ हतियारधारी समूहले लुटेको थियो । अत्याधुनिक हातहतियारसहित आएको सो समूहले व्यापारीहरुलाई मरणासन्न हुनेगरी कुटपिट समेत गरेको थियो । सो समूहले व्यापारीहरुको ८० लाख बढी नगद लुटेको थियो ।
Loading...
Social Buttons