Latest News

नेपाल आउने भारतीय गाडी जलाइदिने मोर्चाको चेतावनी, नागरिकता पनि परित्याग गर्ने घोषणा

भैरहवा–सीमाकंन र नामाकंनको बिरोधमा बिगत ३६ दिनदेखि आन्दोलनमा रहेका मधेशी मोर्चासम्बद्व दलहरुले संविधान पारित भएपछि थप कडा आन्दोलनमा जाने संकेत गरेका छन् । हिजो पारित भएको संविधान विषेश समारोहकाबीच आगामी असोज ३ गते राष्ट्रपति रामबरण यादवले घोषणा गर्ने तयारी भइसकेको अवस्थामा मोर्चाले यस्तो संकेत गरेको हो ।
morcha bhairahawaमृतकहरुलाई शदि घोषणा, आश्रित परिवारलाई राज्यले शिक्षा र रोजगारीको को माग गर्दै घाइतेहरुलाई निशुल्क उपचारको ब्यावस्था गर्न मोर्चाले बिज्ञप्ती मार्फत माग गरेको छ ।relese morcha

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले अबको आन्दोलन राजमार्ग र भन्सारमा केन्द्रित गर्ने बताएका छन् । भन्सार हुँदै कुनै पनि सवारी नेपाल भित्रियो भने सवारी साधान जलाइदिने समेत उनीहरुले चेतावनी दिए । भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि मोर्चाका संयोजक महेन्द्र यादवले भोली शुक्रबारदेखि नेपालीसहित भारतीय सवारीसाधन सामान लिएर नेपाल आए जलाइदिने चेतावनी दिए ।
भारतीय सञ्चारमाध्यमका प्रतिनिधि समेत उपस्थित उक्त पत्रकासम्मेलनमा बोल्दै मोर्चाको संयोजक यादवले भने, “हाम्रो अनुरोधलाई वेवास्ता गरि अटेर गरि समान लिएर नेपाल आए त्यस्ता ट्रक जलाई दिने छौ, त्यसबाट हुन सक्ने जुनसुकै क्षति भोग्नु तयार हुनुपर्नेछ ।”
भदौ २९ गते प्रहरीले बेथरीमा ४ जना सर्वसाधारणको हत्या गरेको बताउदै यादवले रुपन्देहीमा प्रहरीले व्यापक धरपकड गरेकाले आफूहरु अब चुप लागेर नबस्ने बताए ।
यादवले कफ्र्युको आडमा बेथरीमा खटिएका प्रहरी सर्वसाधारणको घरमा गई महिला तथा चेलीहरुलाई दुव्र्यवहार गरेको समेत आरोप लगाए ।
बाहिर देखिएका महिलालाई प्रहरीले पाईन्टका जिप खोली जिस्काउने गरेको समेत उनले आरोप लगाए । प्रहरीको यो ज्यादती अब सहनशिलता भन्दा बाहिर गइरहेको दाबी गर्दै स्थानीयसहित आफूहरु कडारुपमा प्रस्तुत हुने उनको भनाई थियो ।
यसैबीच मोर्चाका संयोजक यादवले प्रहरीले बेथरीका सर्वसाधारणलाई मनपरी गोली हानेको आफुहरु सित प्रमाण भएको पत्रकारहरुलाई जानकारी गराए । उनले सोही प्रमाणहरुको आधारमा नेपालका न्यायिक निकाय, मानवअधिकार देखि युएन सम्म मुद्दा दर्ता गर्ने जानकारी पनि दिए ।
राज्यले अहिले मधेशीहरुलाई नेपालीको ब्यवहार नदेखाएको भन्दै भोलीदेखी जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता परित्याग गर्ने कार्यक्रम पनि रहेको मोर्चाको निर्णय भएको सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश यादव (गुल्जारीले) बताए । पत्रकार सम्मेलनमा तराई मधेश सदभावना पार्टीको उमा शंकर यादव, नेपाल सदभावना पार्टीका हरिश्चन्द्र सिंह, नेता सन्तोष पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
सर्वोच्च अदालतको गोली नचलाउने अन्तरिम आदेश हुँदाहुहँदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको आदेशमा प्रहरीले निर्दोषहरुको हत्या गरेको बताउदै मोर्चाले रुपन्देहीका सिडिओ तथा प्रहरी प्रमुखहरुलाई कार्यवाहीको समेत माग गरेको छ ।
पत्रकार सम्मेलनकै क्रममा वितरित मोर्चाको प्रेस बिज्ञप्तीमा घटनामा संलग्न दोषीहरुको पहिचान गरि कडा कानूनी कार्यवाहीको माग गरिएको छ ।
संयुक्त थरुहट संघर्ष समितिका रुपन्देही संयोजक शतीश चौधरी, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादव, संघिय मधेशी मोर्चाका रुपन्देहीका संयोजक देवेन्द्र पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरेका बिज्ञप्तीमा प्रहरीले उद्योगको लागी सवारीहरुको स्कर्टिङ्ग नगर्ने लिखित सम्झौता भएको पनि दावी गरिएको छ ।
भदौ २९ गते भैरहवा–लुम्बिनी सडक खण्डको बेथरीमा प्रहरी र मोर्चाका कार्यकर्ता बिच झडप हुदा हाटबजारमा रहेका २ नाबालक सहित ४ जनाको मृत्यु भएको थियो भने दर्जन बढी घाईते भएका छन । मृतकहरुको अहिले सम्म अन्त्येष्टि हुन सकेको छैन । यसै बिच स्थानिय प्रशासनले बेथरीमा बिहान ७ बजेदेखी १० बजे सम्म कफ्र्यु खोलेको थियो । कफ्र्यु आज राती १० बजे सम्मको लागी थपिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले जानकारी दिए ।
Loading...