Latest News

संविधानले राजसंस्था अस्वीकार गरेपछि कटुवालसहित पूर्वराजाको गोप्य बैठक वसेको खुलासा

संविधानसभाले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पारित गरेलगतै पूर्वराजा ज्ञानेन्द्र शाहले आफु निकटका केही ब्यक्तिसँग बुधबार राति गोप्य भेटघाट गरेका छन् । नयाँ संविधानमा कुनै न कुनै प्रकारको भूमिका पाउने आशा गरेका पूर्वराजा संविधानसभाबाट नयाँ संविधान जारी भएपछि निराश बनेका छन् ।नयाँ संविधानले राजसंस्थालाई विधिवतरुपमा अन्त्य गरेपछि पूर्वराजाले आफु निकटका ब्यक्तिहरुसँग छलफल गरेका हुन् । निर्मल निवासमा भएको भेटमा दर्जनभन्दा बढि पूर्व राजाबादीहरुको सहभागिता थियो । तर राजसंस्थाको वकालत गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापा भने सहभागि थिएनन् ।दुई महिनाअघि भारतीय गृहमन्त्री राजनाथ र चिनिया कम्यूनिष्ट पार्टीका विदेश विभागका उपमन्त्रीसँग थाइल्याण्डमा भेटेका पूर्वराजा कुनै न कुनै प्रकारको राजसंस्था फर्किनेमा आशाबादी थिएँ । तर नयाँ संविधानले राजसंस्थालाई पूर्ण अस्वीकार गरेपछि उनी निराश भएका छन् ।पूर्वराजाले बोलाएको बैठकमा पूर्व शाही पाश्र्वती टीका धमला, नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङगत कटुवाल पनि सहभागि थिए । बैठकमा संबैधानिक राजसंस्थालाई पुर्नजीवित गर्न भारतले सहयोग गर्ने बचन दिएपनि राप्रपा नेपालले राम्रो भूमिका नखेलेको निस्कर्ष बैठकले निकालेको स्रोतले जनाएको छ । तर राप्रपा नेपालले भने संबैधानिक राजसंस्थाको माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएको थियो । संविधानसभाको बहुमत सदस्यबाट राजसंस्थाको प्रस्ताव अस्वीकृत भएको थियो ।पूर्वराजा ज्ञानेन्द्र आफु र छोरा पारसभन्दा नाति हृदयन्द्रलाई संबैधानिक राजा बनाउन केही महिनादेखि दौडधुुप गरिहेका थिए । तर उनको दौडधुपले कुनै नतिजा निकाल्न सकेन ।
Loading...