Latest News

‘अन्तर्वार्ता लिएर हाकिमले मलाई अध्यारो कोठामा लगे, त्यसपछि म नाङ्गै थिए’

एजेन्सी । रोजगारका लागि राजधानी छिरेकी एक युवती सामुहिक बलात्कारको सिकार भएकी छिन् ।
भारतको राजधानी दिल्लीको बादली इलाकामा एक युवतीलाई तीन पुरुषले सामुहकि बलात्कार गरेका छन् । बलात्कारपछि पुरुषहरु फरार भएका छन् । युवतीका अनुसार उनलाई पहिला नशालु पदार्थ मिसाएको कोल्ड ड्रिंक पिलाएर बेहोस गरे त्यसपछि उनको अस्मिता लुटे ।
पीड़ित युवती जागिरको खोजीमा थिईन् र यसै क्रममा उनी तीन पुरुषको सम्पर्कमा पुगिन् । चिनजान भएपछि उनीहरुले ती युवतीलाई जागिर दिने भन्दै इन्टरव्यु लिन अफिसमा बोलाए । जागिर पाउने आशमा अफिस पुगेकी उनलाई जागिर पाउने आश्वासन दिइयो । त्यसको अर्काेदिन युवतीलाई जागिर दिने भन्दै सँगै लगेर गए । बाटोमा उनलाई नास्ता खाने बहानामा एक होटलमा नशालु पदार्थ मिसाइएको कोल्ड ड्रिंक पिलाईयो ।
जब उनी होटलमै बेहोस भइन् तब उनलाई तीनै पुरुषले अध्यारो कोठामा लगे । त्यती बेलासम्म उनलाई अलिअलि होस थियो । जब अध्यारो कोठामा पुगिन् तब पूरै बेहोस भइन् । त्यसपछि उनी होसमा आउँदा शरीरमा एउटा पनि कपडा थिएन् ।
उनको गुप्ताङ्गबाट रगत बगिरहेको थियो । त्यसपछि उनलाई थाहा भयो उनी बलात्कारको सिकार भइन् । होसमा आएपछि उनले आफ्ना परिवारलाई फोन गरिन् त्यसपछि परिवारजनले पुलिसमा मुद्दा दर्ता गरेका छन् । पुलिस युवतीको वयान अनुसार आरोपी तीनै पुरुषको खोजी गरिरहेको छ ।
Loading...