Loading...
काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद बैठकले कर्णाली र दलित बालबालिकाको जन्मदर्ता गर्दा १ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । जन्मदर्ता नगराएका कारण विद्यालय भर्ना हुनबाट बन्चित भएका दलित र कर्णालीबासीका लागि यो निर्णयले राहत पुगेको छ । तर प्रधानमन्त्री प्रचण्डकै नाति जन्मदर्ता नगरेका कारण अध्ययनबाट बन्चित भएका छन् । यो निर्णय सार्वजनिक भएपछि सामाजिक संजालमा प्रधानमन्त्री प्रचण्डलाई आफ्नो नातिको जन्मदर्ता गर्न कतिपयले सुझाव दिन थालेका छन् । प्रचण्डको छोरा प्रकाश दाहालको दोस्रो बुहारीका रुपमा ०६४ माघ ३ मा प्रचण्डको घरमा भित्रिएकी सिर्जना त्रिपाठीबाट जन्मिएको बच्चाको अहिलेसम्म जन्मदर्ता नभएकाले विद्यालय भर्ना हुन सकेका छैनन् । प्रकाशले बिहे गरेको ६ बर्षमै सिर्जना प्रचण्ड निबासबाटै निकालाको सिकार मात्रै भइनन्, उल्टै यातना समेत भोग्न बाध्य भएको समाचार सार्वजनिक भएको थियो । प्रचण्डपुत्र प्रकाशले बिना मगरसँग तेस्रो विवाह गरेपछि छोरो लिएर माइत गएकी सिर्जनाले पोखराबाटै स्नातकोत्तर उतीर्ण गरिसकेकी छिन् । प्रचण्डकी बुहारी सिर्जनाले छोराको जन्मदर्ता मात्रै नभई अहिलेसम्म विवाह दर्ता समेत नभएकोमा दुखेसो पोख्दैआएकी छिन् । छोराको जन्मदर्ता नहुँदा विद्यालयमा भर्ना गर्न समेत कठिन भएको सिर्जनाले गुनासो गर्दैआएकी छिन् । कर्णालीबासी र दलितका छोराछोरीको जन्मदर्ता गर्न भत्ता दिने निर्णय गरेका प्रचण्डै परिवारमा जन्मदर्ता हुन नसक्नु दुखद कुरा हो । बालपत्रिका चंगाका सम्पादक तथा बालअधिकारकर्मी राजेश शर्माले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–कर्णाली र दलित बालबालिकाको जन्मदर्तामा दिइने प्रोत्साहन भत्ता स्वागतयोग्य कदम हो, प्रधानमन्त्रीलाई बधाइ... तर पारिवारिक झगडा, एकले अर्कोलाई स्वीकार नगर्ने, बाबुको पत्ता नलागेका जस्ता घटनाका कारण धेरै बालबालिका अनागरिक बन्दैछन् । यस्तै घटना प्रधानमन्त्रीको परिवारमा हुनु र अहिलेसम्म जन्मदर्ता नहुनु दुखद् कुरा हो । यसलाई बेलैमा सच्चाएको खण्डमा अहिलेको निर्णयको सान्दर्भिकता रहन्छ.....।. प्रचण्डले घरबाट निकालेपछि सिर्जना अहिले पोखरास्थित माइतीघरको शरणमा छिन् । र, उनी आफ्नो श्रीमान र ससुराप्रति आक्रोशसँगै पीडा पोखिरहेकी छिन् । सिर्जनाले ‘ससुरा प्रचण्ड त ठीकै थिए तर सासु सीताको अपमान र यातनाका कारण माइत आएर बस्नुपरेको गुनासो सार्वजनिक रुपमै गर्दैआएकी छिन् ।’
Loading...

Social Buttons