Loading...
काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको असाम राज्यको कोक्राझार बजार इलाकामा एक अपराधिक व्यक्तिले चलाएको अन्धाधुन्द गोली प्रहारबाट १२ जनाको मृत्यु र दर्जनौँ व्यक्ति घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै देउवाले यो दुःखद क्षणमा भारत सरकार र जनतालाई म र मेरो पार्टीको तर्फबाट सहानुभूति प्रकट गर्दछु भनेका छन् ।
यस्तो छ विज्ञप्तिः
भारतको असाम राज्यको कोक्राझार बजार इलाकामा एक अपराधिक व्यक्तिले चलाएको अन्धाधुन्द गोली प्रहारबाट १२ जनाको मृत्यु र दर्जनौँ व्यक्ति घाइते भएको घटनाप्रति म गहिरो दुःख व्यक्त गर्दछु ।
विश्वको जुनसुकै कुनामा हुने मानवता विरुद्धका यस्ता आपराधिक घटनाको नेपाली कांग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ । यस दुःखद क्षणमा भारत सरकार मार्फत म र मेरो पार्टीको तर्फबाट सहानुभूति प्रकट गर्दछु ।
घटनामा परी निधन हुनु भएका सबैप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका परिवारजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछु र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
शेरबहादुर देउवा
सभापति
Loading...

Social Buttons