Latest News

केपी ओली साँच्चिकै अनुकरणीय: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद् चन्द्र भण्डारी


बुटवल,  साउन ।  एक पछि अर्काे गर्दै कांग्रेस नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्न थालेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद् चन्द्र भण्डारीले पनि खुलेर ओलीको प्रंशसा गरेका छन् ।   

 प्रधानमन्त्री ओलीले राष्ट्रियता र स्वभिमानमा देखाएको व्यवहार साच्चीकै अनुकरणीय भएको भन्दै भण्डारीले अब बन्ने सरकारले ओलीबाट पाठ सिक्नुपर्ने बताएका छन् ।  शनिबार गुल्मी सम्पर्क समाज रुपन्देहीको पााचौ अधिवेशनलाई रुपन्देहीमा सम्बोधन गर्दै सांसद् भण्डारीले विपी कोइराला र मदन भण्डारीपछि अब प्रधानमन्त्री ओलीबाट पाठ सिक्नुपर्ने बताएका हुन् ।  गुल्मी क्षेत्र नं. २ का सांसद् समेत रहेका भण्डारीले गुटका कारण एमाले भित्रैबाट आलोचना गरे पनि प्रधानमन्त्री ओलीले आफूलाई सफल प्रधानमन्त्रीको रुपमा उभ्याएको दाबी गरे ।  कार्यक्रममा नेता भण्डारीले नयाँ सरकार गठनका लागि मिलेर जानुपर्ने भन्दै सहमति बाहेक अन्य कुनै विकल्प नभएको बताए । राजनीति अस्थिरताका कारण देशमा आर्थिक विकास हुन नसकेको भन्दै नेता भण्डारीले राजनीतिक नेता मात्र नभई ९० प्रतिशत व्यक्तिहरु भ्रष्ट हुँदा देशमा आर्थिक परिवर्तन हुन नसकेको उनको भनाई छ ।  नेताहरु प्रजातन्त्रबादी भएपनि राष्ट्रबादी बन्न नसकेको उनको भनाई थियो। नेता भण्डारीले पढेलेखेका युवाहरु विदेश पलायन हुने र नपढेकोहरु राजनीतिमा आउादा राजनीतिक स्थिरता नरहेको बताए । 
Loading...