Loading...
केशबराज जोशी/टिप्पणी एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुनुपूर्व माओवादीसँग जस्तो व्यवहार देखाउँथे, प्रधानमन्त्रीबाट च्युत्त भएको दिनदेखि फेरी पुरानै व्यवहार र शैली देखाउन थालेका छन् । तर यहि बिचमा एकाएक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालको दोस्ती भने गहिरो बन्न थालेको छ । त्यसो त प्रचण्ड र माधव नेपालको दोस्ती अहिलेको होइन,जमानादेखिकै हो । भलै बिचमा यीनिहरुको बिचमा कहिले खटपट त कहिले गतिलो प्रेम चल्दै आएको थियो । शान्ती प्रक्रियाका एक हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालाको निधनपछि प्रचण्डले माधव नेपालको भुमिका र उनको नाम लिन कहिँ छुटाएका छैनन् । संसदमा माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको आलोचना गरेर प्रचण्डको नामै किटेर प्रशंसा गरे ।
त्यहाँबाट झन् बुझिन्छ माधव नेपाल र प्रचण्डको पिरतीको गाँठो । बहस सुरु भइसकेको छ, कतै कालान्तर वा अब आउने निर्वाचनसम्म प्रचण्ड र माधवले ओढ्ने पिरतीको अर्थात पार्टीको छाता त एउटै हुदैन् ? घटनाक्रमहरुले दृश्य फरक भने पक्कै देखाइरहेको छ । यदि एमालेबाट माधव नेपाल समुहले प्रचण्डसंग पार्टी एकता गरेभने पनि अन्यथा मान्नुपर्ने छैन । एमाले नेता माधवकुमार नेपाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच अनौठो सम्बन्ध गाँसिएको मान्न सकिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता सम्हाल्नुअघि नै यी दुईबिच सम्बन्ध जोडिएको हो । प्रचण्ड विगत केही सातादेखि निरन्तर नेता नेपालको सम्पर्कमा छन् । कहिले आफैं कोटेश्वर पुग्छन् भने कहिले नेपालको अघोषित कार्यालय बानेश्वरमा पुग्ने गरेका छन् । नेता नेपाल चार वर्षअघि प्रधानमन्त्री हुँदा प्रचण्ड उनलाई सत्तोसराप गर्ने गर्थे । ओलीलाई प्रधानमन्त्री बनाउने विषयमा पनि नेपाल र प्रचण्डबीच लामो छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डसंगै किन गए माधव काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डको विपक्षमा मतदान गरेको थियो एमालेले । विपक्षमा मतदान गर्नेमा माधव नेपाल पनि थिए । तर प्रचण्डको विपक्षमा मतदान गर्न वामदेव गौतम र माधव नेपाललाई मन थिएन । पार्टीको निर्णय नमान्ने कुरा पनि थिएन । यस्तोमा उनीहरुले प्रचण्डको विपक्षमै मतदान गरे । तर प्रचण्ड विहिबार राष्ट्रपतिबाट प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि पुष्पलाल पार्कमा पुष्पलालको स्मृतीमा माल्यार्पण गर्न पुगे ।
पुष्पलाल पार्कमा प्रधानमन्त्री प्रचण्डसंग तस्बीर लिदै माधव नेपाल त्यहाँ माओवादी कार्यकर्ता पुग्नु अनौठो थिएन । तर त्यहाँ पुगे एमाले नेता माधवकुमार नेपाल । एकछिन त सबै अलमलमा परे, प्रचण्डसंगै किन आए नेपाल ? उनले प्रचण्डसंग तस्वीर पनि क्लीक गरे । यसलाई माओवादी नेता कार्यकर्ताले सकारात्मक रुपमा मात्र होइन, भविष्यमा एकता हुनसक्ने तहसम्म वुझेका छन् । त्यसो त नेपाल पुष्पलाल पार्क संरक्षण समितिका अध्यक्ष पनि हुन् । नेपालले प्रधानमन्त्री प्रचण्डलाई पार्कको संरक्षणका लागि बजेट विनियोजन गर्न माग पनि गरे । तर ओली प्रधानमन्त्री हुदा उनले पुष्पलालको शालिकमा माल्यार्पण गर्दा नेपाल गएका थिएनन् । माधव–प्रचण्डको एउटै पार्टी बन्ला ? त्यसो त एमालेमा माधव नेपाल भएपनि ओली र नेपाल गुट लामो समयदेखि सक्रिय छ । घटनाक्रमले भन्छ ओली र माधव नेपाल समुह यहि अवस्थामा अब लामो समयसम्म सहकार्य गर्न सक्ने अवस्थामा छैन् । अर्कोतीर नेकपा माओवादी केन्द्र पनि संकटमा छ । माओवादी पार्टी र एमालेका विचमा अब सैद्धान्तिक भिन्नता पनि त्यत्ती धेरै छैनन् । त्यसैले माधव नेपाल र प्रचण्ड एकै ठाउमा आउने आधार देखिन्छन् । अर्कोतीर माओवादी पार्टीमा पनि प्रचण्डपछिको दोस्रो नेतृत्वको अभाव देखिरहेको अवस्थामा माधव नेपालसंग सहकार्य गर्न सकियो भने उनी उपयुत्त पात्र बन्नसक्छन् । तर यो सहज प्रक्रिया भने छैन् । आउदो निर्वाचनसम्म माधव,झलनाथ र बामदेवले ओलीलाई साइजमा ल्याउन सके स्थानीय निर्वाचनमा कार्यगत एकता सम्भव भने देखिन्छ । समग्र माओवादी एमाले पार्टी एकता भने ओली नेतृत्वमा रहेसम्म देखिदैन् । त्यसो त एमाले सचिव योगेश भट्टराई लगायतका नेताहरु माओवादी एमाले एकता हुनुपर्नेमा जोड दिदै आएका छन् ।
Loading...
Social Buttons