Latest News

केपी ओलीले धुम्बाराहीमा भारतीय राजदूतलाई हप्काए…

काठमाण्डु, २४ साउन– निवर्तमान प्रधानमन्त्री केपी ओलीले भारतलाई नेपालको राजनीतिमा अस्वाभाविक चलखेल नगर्न आग्रह गरेका छन् ।

एमाले अध्यक्षसमेत रहेका ओलीले पार्टी कार्यालय धुम्बाराहीमा भारतीय राजदूत रञ्जिय रायसँगको भेटमा त्यस्तो बताएका हुन् ।
उनले भारतीय राजदूतलाई सतर्कतासाथ काम गर्न समेत सचेत गराएका छन् । आफ्नो बहिर्गमन भारतको पहल र इच्छामा भएको यसअघि बताउँदै आएका ओलीले राजदूतलाई चलखेल नगर्न चेतावनी दिएका छन् ।
बिहान ११ बजे राजदूत राय हाफ सर्ट र पाइन्ट (अनौपचारिक) पोशाकमा एमाले अध्यक्ष ओली भेट्न पुगेका थिए ।  ओली भने औपचरिक पोशाक (दौरा सुरुवाल) मा थिए ।
‘भेटका अवसरमा अध्यक्षले आफ्नो पार्टी छिमेकी मुलुकहरुसँग हार्दिक र मित्रतापूर्ण सम्बन्धको पक्षमा रहेको उल्लेख गर्दै नेपालको आन्तरिक राजनीतिमा हुने कुने पनि अस्वाभाविक चलखेल स्वीकार्य नहुने स्वष्ट पार्नुभयो’, भेटपछि एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ’, त्यस्तो चलखेलले परिस्थितिलाई जटिल बनाउने भएकाले सबैले सतर्कतासाथ काम काम गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो ।
रिजालका अनुसार ओली र राजदूत रायबीच एक्लाएक्लै ५५ मिनेट कुराकानी भएको थियो ।
नयाँ पत्रिकाबाट
Loading...