Latest News

अधिकारको लडाई अब सुरु हुने: यादव


२३ साउन, रुपन्देही।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकारको लडाई अब सुरु हुने बताएका छन ।
रुपन्देहीमा आयोजित पार्टी भेलामा अध्यक्ष यादवले नवगठित सरकारले मधेसी मोर्चाले उठाएका सहिद घोषणा, घाईतेको उपचारलगायत पहिलो चरणको माग सम्बोधन गरेपनि संविधान संशोधनको माग पूरा हुन बाँकी रहेको कारण त्यसका लागि खास लडाई गर्नुपर्ने बताएका हुन् ।

संविधान संशोधनका लागि चाहिने दुई तिहाई बहुमत पुर्याउने नाममा भने जालझेल हुन सक्ने बताउँदै यादवले आफ्ना माग पूरा नभएसम्म कुनै पनि निर्वाचन हुन नदिने चेतावनी पनि दिए ।

कार्यक्रममा संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले समग्र मधेसमा दुई प्रदेश बनाउने अडान बमोजिम नै फोरम नेपालले नारायणीदेखि पश्चिम कञ्चनपुर–कैलालीसम्म संघीय संरचना तयार गर्न लागिएको जानकारी दिए ।
Loading...