Loading...
१७,साउन,काठमाडौं । नारायणकाजी श्रेष्ठले अब माओवादी केन्द्रमा लाचार भएर कति बस्ने भन्दै आफ्नो समूहमा बहस सुरु गरेका छन् । हिजोका दिनमा कहिले किरण–बादल र कहिले बाबुराम भट्टराईसँग मिलेर प्रचण्डका विरुद्ध संघर्ष गर्ने तर स।कटमा परेपछि प्रचण्डको काँध थाप्दै आएका श्रेष्ठले बदलिँदो राजनीतिक परिस्थितिका कारण अब प्रचण्डसँग मिलेर लामो सहकार्य गर्न नसक्ने ठहरमा पुगेको चर्चा पेरिसडाँडातिर हुने गरेको छ । आजको साँघु साप्ताहिकमा न्युज छ । ऐतिहासिक धोबीघाट बैठकमा किरण–बादल र बाबुरामसँग मिलेर उनले प्रचण्डका विरुद्ध मोर्चा बनाए । प्रचण्ड अल्पमतमा परे । प्रचण्डको संकट टार्न हात बढाएर बाबुरामलाई पनि तानेको उनको भनाई छ । संविधान निर्माण गर्ने बेलामा दबाव दिने भन्दै प्रचण्ड रोल्पा भ्रमणमा निस्के । प्रचण्डको मनसुवा संविधान निर्माण नगर्ने थियो । बाबुरामसँग मिलेर संविधान जारी गर्नुपर्छ भन्दै संयुक्त पत्रकार सम्मेलन गरेर संविधान निर्माणमा नारायणकाजी प्रकाशले प्रचण्डलाई दवाव दिए । प्रचण्ड लत्रिएपछि फर्किए । माओवादी केन्द्र पेरिसडाँडा स्रोतका अनुसार, प्रचण्डले आफू संविधान निर्माणको मुख्य पहलकर्ता भनेर भन्न अहिले लाजै नमानेकोमा पनि नारायणकाजीलाई चित्त बुझेको छैन । नारायणकाजी फेरि संविधान निर्माण गकेही दिनपछि धकेलौं भन्दै बाबुरामको भनाईमा सहमत भए । त्यसो नगर्दा दुर्घटना हुन्छ भन्ने नारायणकाजी र बाबुरामको मत थियो । प्रचण्डले हौसिएर तत्काल संविधान जारी गराए
Loading...
Social Buttons