Latest News

शंकर पोखरेलको प्रश्न- ओली हट्दा ग्यास बुलेट खरिद प्रक्रिया रोकिनु यो कस्तो संकेत हो ?


काठमाडौं, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएसँगै ग्यास बुलेट खरिद प्रक्रिया रोकिएकोमा नेकपा एमालेका एक नेताले चिन्ता व्यक्त गरेका छन् ।

एमाले पोलिटब्यूरो सदस्य एवं पूर्व सञ्चारमन्त्री शंकर पाखरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओली सरकारले सुरु गरेको ग्यास वुलेट खरिद प्रक्रिया रोकिएको खबर सुनेर चिन्ता व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्- ‘माओवादी केन्द्रले सरकार छोडेपछि सुरु गरिएको ग्यास बुलेट खरिद प्रक्रिया प्रचण्ड प्रधानमन्त्री हुने निश्चित भएपछि रोकियो रे । यो कस्तो संकेत हो ?’

भारतले नाकाबन्दी लगाउँदा नेपालसँग एउटा पनी ग्यास बुलेट थिएन् । सबै भारतबाटै आउथे । त्यतिबेला चीन सरकारले अनुदानमा दिएको तेल ल्याउन पनी नेपलासँग पर्याप्त ट्यांकर थिएनन् । अधिकांश ट्यांकर भारतकै थिए ।
त्यतिबेला प्रधानमन्त्री ओलीको सक्रियतामा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमले ग्यास बुलेट किन्ने र ट्यांकरहरु समेत थप्ने कार्य थालेको थियो । चीनबाट ग्यास ल्याउने बहसकाबीच बुलेट खरिद गर्ने कार्यले तिव्रता लिएपनि अहिले आएर त्यो कार्य रोकिएको खबर बाहिर आएको छ ।
Loading...