Latest News

प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारत !!!

वनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग चिसिएको सम्बन्ध सुधार्न आफ्नो विदेश भ्रमण गर्ने सूचीमा भारतलाई पहिलो नम्बरमा राखेका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ। 

सात वर्षपछि दोस्रो पटक नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका ६१ वर्षीय दाहालले भारतलगत्तै चीन भ्रमण गरेर कूटनीतिक सन्तुलन कायम गराउने योजना बनाएका हुन्। यसअघि प्रधानमन्त्री हुँदा दाहालले पहिलो विदेश भ्रमण चीनबाट गरेका थिए। 

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदै भारत भ्रमणको निमन्त्रणा गरेका छन्। प्रधानमनत्री पदमा शपथग्रहण गरी पदभार नसममाल्दै निमन्त्रणापत्र केही दिनभित्रै भारतीय राजदूत रन्जित रेले दाहाललाई भेटेर हस्तान्तरण गर्ने स्रोतले बतायो। 

दाहालले बिहीबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमनत्रीको पद तथा गोपनीयताको शपथ लिएलगत्तै सानो आकारको मन्त्रिपरिषद गठन गर्नेछन्। 
Loading...