Latest News

लोकमानलाई महाअभियोग लगाउनुपर्ने पक्षमा गगन थापा! संसद बैठकको माग

काठमाडौं, २ साउन । नेपाली काँग्रेसका युवा नेता गगन थापाले त्रिवि शिक्षण अस्पतालमा अनसनरत डाक्टर गोविन्द केसीलाई आइतबार भेटेर आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।
चिकित्सा क्षेत्रको सुधार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग राख्दै डा. केसी आठौंपटक अनसनमा बसिरहेका छन् ।
पार्टी काम र संसदको समितिको काममा दुई साता लामो अमेरिका भ्रमणबाट स्वदेश फर्किएलगत्तै डा केसीलाई भेटेर उनका मागमा ऐक्यबद्धता जनाएका हुन् ।8
जसअनुसार नेता थापा अख्तियार प्रमुख लोकमानलाई महाअभियोग लगाउने पक्षमा उभिएको पुष्टि हुन्छ । डा केसीलाई भेटेपटि नेता थापाले डा केसीका मागबारे छलफल गर्न तुरुन्त संसद बैठक बोलाउनुपर्ने बताए । थापाले केसीका मागप्रति समर्थन जनाउँदै केसीको माग जायज भएको बताए ।
आठ आठ पटकसम्म एउटै किसिमको माग राखेर अनसनमा बस्नुपरेको विडम्वनापूर्ण स्थिती भएको उल्लेख गर्दै थापाले अब उनको स्वास्थ्यको समेत ख्याल राख्दै संसदमा छलफल गर्नुपर्नेमा जोड दिए । थापाले भने ‘तुरुन्त संसद बैठक बोलाउनुपर्छ ।’
थापाले संसदका समिति उपसमितिमा पनि यसअघिका अनसनकै बेलादेखि केसीका मागकाबारे छलफल भइसकेकाले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउने विषयमा अहिलेसम्म सभामुखले रुलिङ गर्नुपर्नेमा त्यस्तो नहुनु दुःखद भएको बताए ।
केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई मेडिकल शिक्षा क्षेत्रमा अख्तियारको दुरुपयोग गरि आतंक मच्चाएको आरोप लगाउँदै उनलाई महाभियोगको माग समेत गरेका छन् ।
dainiknepal
Loading...