Loading...
काठमाडौं, ३० असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन् । तर ओलीले सहजै रुपमा आफूले राजिनामा नदिने उद्धघोष गरिसकेका छन् । उनी संसद फेस गर्न तयार छन्, तर तत्कालै राजिनामा दिने पक्षमा छैनन् ।
ओलीले यो विचमा आफ्ना शुभचिन्तकहरुसँग परामर्श बैठक समेत थालिसकेका छन् । खासगरी ओलीलाई तत्काल सरकारबाट राजिनामा दिनुहुँदैन भनेर एमालेकै महासचिव ईश्वर पोखरेल, नेताहरु प्रदिप ज्ञवाली, शंकर पोखरेल र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल रहेका छन् । उनीहरुले प्रधानमन्त्रीले के नचाहिँदो काम गरेको छ र त्यतिकै राजिनामा दिनुपर्ने र ? भन्दै प्रश्न गर्ने गरेका छन् ।
माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले सामूहिक राजिनामा दिएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल विस्तार गरेर तत्काल राजिनामा नदिने अडान देखाईदिएका छन् । उनलाई सत्ता साझेदार दलका नेताहरुले समेत साथ दिने प्रतिबद्धता देखाईसकेका छन् । बुधबार काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत गम्भिर छलफल गरेका छन् ।
राष्ट्रपति भण्डारी यतिवेला प्रधानमन्त्री ओलीको कुर्सीको आयु लम्ब्याउने पक्षमा रहेको स्रोतको दाबी छ । ओली सरकार अल्पमतमा हुँदाहुँदैपनि उनलाई संसद फेस गर्न उकास्ने नेताहरु धेरै छन् । तर राष्ट्रपति भण्डारीले कसरी ओलीको कुर्सी बचाउन सक्छिन् भन्नेमा धेरैलाई आश्चर्य लागेको छ । नेकपा एमालेकै प्रभावशाली नेताहरु भने यतिवेला ओलीले राजिनामा दिनुपर्छ भन्ने पक्षमा छन् । बरिष्ठ नेताद्धय खनाल र नेपालले पनि सार्वजनिक रुपमै ओलीले गल्ती गरेकोले तत्काल राजिनामा दिनुपर्ने भनाई राखेका छन् ।
हिजो बुधबार पनि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीवीच करिब डेढ घण्टा लामो छलफल भएको थियो । भेटमा ओलीले आफूलाई सहयोग गर्न राष्ट्रपतिसँग आग्रह गरेको स्रोतको दाबी छ । जवाफमा राष्ट्रपति भण्डारीले बहुमतीय प्रणालीमा जान पनि समय लाग्ने बताएकीथिईन् । स्रोतका अनुसार प्रधानमन्त्रीले आफूले राष्ट्रपतिबाट सहयोग हुने आशाका साथै संसदमा फेस गर्नेगरि कठोर निर्णय गरेको भन्दै ठट्टा समेत गरेका थिए ।
यदि राष्ट्रपति भण्डारीले बहुमतीय प्रणालीबाट प्रम चयन गर्ने बाटोमा सहमति नदिए ओली अझै एक महिना सम्म कामचलाउ प्रधानमन्त्री बन्ने पक्का छ ।
Loading...

Social Buttons