Loading...
काठमाडौं, ५ साउन । केसीले अख्तियार प्रमुखलाई महाअभियोग लगाउनुपर्ने मागसहित वसेको अनसनका वारेमा धेरैको मत बाझेको पाईन्छ । नेपाली कांग्रेसले शिक्षण अस्पतालमा अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीका माग सम्बोधन गरी अबिलम्ब अनसन अन्त्य गराउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
मंगलबार बसेको काग्रेंस केन्द्रीय समितिको बैठकले विगतमा नेपाल सरकारसँग विभिन्न चरणमा भएको वार्ता र भएका प्रतिवद्धता अनुरुप माग सम्बोधन गरी अनसन तोडाउन सरकारको ध्यानाकर्षण गराएको हो। केसीको विषयलाई लिएर बैठकमा नेताहरु विभाजित भएका थिए।
केन्द्रीय समितिको निर्णयको चौथो नम्बर बुँदामा केसीका मागको प्रकृति राजनीतिक र चिकित्सा शिक्षा सम्बन्धि रहेको उल्लेख छ। राजनीतिक मागहरूप्रति कांग्रेसको सहमति नरहेको उक्त बुँदामा उल्लेख गरिएको छ।
बैठकमा केन्द्रीय सदस्य गगन थापा र प्रदीप पौडेलले संवैधानिक निकायको प्रमुखले पदको दुरुपयोग गरेको आरोप लागिसकेपछि छानविनको दायरामा ल्याउनुपर्ने बताएका थिए। ‘संवैधानिक निकायले जिम्मेवारीका आधारमा काम गरेन, पदको दुरुपयोग गरेको छ भनेर यति गम्भीर आरोप लागिसकेपछि छानविनको दायरामा ल्याउनुपर्छ,’ बैठकमा थापाले भने, ‘विषय प्रवेश नै गर्नुहुन्न भन्ने कुरासँग मेरो सहमती दिन सकिन्न ।’
संवैधानिक निकायले आफ्नो जिम्मेवारी दुरुपयोग गरेको विषयमा बाहिर माग उठिसकेपछि त्यसलाई पार्टीले पनि विषय बनाउनुपर्छ भन्दै थापा र पौडेलले धारणा राखेका थिए।
‘हामी निस्केपछि निर्णय आएछ, हामीले संवैधानिक निकायका प्रमुखमाथि आरोप लागिसकेपछि छानविन गर्नुपर्छ भन्ने कुरा उठाएका थियौं,’ थापाले भने, ‘अधिकांश केन्द्रीय सदस्यले उहाँका मागको विषयमा कुरा राखेको थियो।’
बहुसंख्यक सदस्यले केसीको जीवन रक्षाका लागि पहल गर्नुपर्ने र जिम्मेवारी कांग्रेसको पनि भएको बताएका थिए। ‘हाम्रो सरकारकै पालामा भएका सहमतिहरू छन्, फेरि हामी नै सरकारको नेतृत्व गर्दैछौं। त्यसकारण यसको नैतिक जिम्मेवारी लिनु हाम्रो दायित्व हो,’ बैठकमा बहुसंख्यक सदस्यको भनाइ उद्धृत गर्दै एक नेताले बताए ।
बैठकमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, चित्रलेखा यादव, डा। रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, प्रदीप गिरि, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा। नारायण खड्का, डा। मिनेन्द्र रिजाल, डा। प्रकाशशरण महत, फरमूल्लाह मन्सुर, सुजाता कोइराला, एनपी साउद, भीष्मराज आङ्दम्बे, आनन्दप्रसाद ढुंगाना, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, महेन्द्र यादव, किशोरसिंह राठौर, मीन विश्वकर्मा, गगनकुमार थापा, बद्री पाण्डे, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, गुरूराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, डा। डिला संग्रौला र रमेश लेखकले आआफ्नो धारणा राखेका थिए।
केही सदस्य बिमलेन्द्र निधिलगायत केही सदस्यले केसीको माग राजनीतिक भएको भन्दै सहमति हुन नसक्ने धारणा राखेका थिए। ‘उनी कहिले शिक्षामन्त्रीको राजीनामा माग्नुहुन्छ, कहिले संवैधानिक निकायको प्रमुखको,’ उनले भने, ‘उनले जसरी विषय उएको छ, त्यसमा केही शंका गर्ने ठाउँ रहेका कारण सबै माग पूरा गराउन सकिन्नँ।’
चिकित्सा क्षेत्र सुधार, विगतमा सरकारसँग भएका सम्झौता पालना गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गर्दै केसी एघार दिनदेखि टिचिङमा अनसन बसिरहेका छन्।
डा. केसीले आफू र आफ्ना नातेदारको निहित स्वार्थका लागि लोकमानले काम गरिरहेको, भ्रष्टहरूलाई संरक्षण गरेको, चिकित्सा क्षेत्रमा क्षेत्राधिकार बाहिर हस्तक्षेप बढाएको आरोप लगाएका थिए। केसी यति लामो समय अनसन रहँदा सरकारले सुनेको छैन।
स्रोत : सेतोपाटी
Loading...
Social Buttons