Latest News

ओली सरकारले युद्धको निम्तो दियोः माओवादी

४,साउन सर्लाही । नेकपा माओवादीलेकेपी ओली नेतृत्वको सरकारले आफुहरुलाई युद्धको निम्तो दिएको आरोप लगाएको छ ।  सर्लाही ढुंग्रेखोलाका सुकुम्वासीमाथि सरकारले गरेको अमानवीय दमन गर्दै आफुहरुलाई युद्धको निम्तो दिएको आरोप लगाएको हो । 
सुकुम्वासीहरुले भित्र्याउन लागेको मकै बाली र खेतमा रोपेको धान बाली हजारौ सुरक्षाकर्मी परिचालन गरेर नष्ट गरेपछि गत असार २१ गतेदेखि सर्लाही तनावग्रस्त छ ।

सुकुम्वासीहरुमाथि दमन गरिएको घटनास्थलमै अन्तरक्रिया कार्यक्रम आयोजना गरेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सरकारले जनताका विरुद्ध युद्धको घोषणा गरेको प्रतिक्रिया दिएको हो । सर्लाही जिल्लाका राजनीतिक दल, नागरिक समाज, पत्रकार, मानवअधिकारकर्मी र पीडित जनताको सहभागितामा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा माओवादीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले सरकारले जवरजस्त युद्ध थोपर्न खोजेको बताए । उनले सरकारले यसलाई तत्काल समाधान नगरेमा पार्टीले वर्गसंघर्ष यही सुकुम्वासी वस्तीबाटै सुरु गर्ने चेतावनी दिए ।

साथै उनले सुकुम्वासी जनतामाथि दमन गर्ने कार्यमा सम्लग्न कोही पनि सरकारी अधिकारीलाई आफ्नो पार्टीले नछोड्ने चेतावनी दिए । जमिन्दारहरुबाट उचालिएर सरकारमा रहेका दलका नेताहरुको ठाडो निर्देशनमा यो दमन कार्य भएको दावी गर्दै नेता पुनले सरकार जनतालाई अधिकार दिनेभन्दा दमन गरेर सिध्याउने कार्यमा तल्लीन भएको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सर्लाही जिल्ला इन्चार्ज अच्यूत घिमिरे, क्रान्तिकारी माओवादीका जिल्ला इन्चार्ज बलराम न्यौपाने, नागरिक समाजका अगुवा नारायण खपाङ्गी लगायतले आफ्नो धारणा राखेका थिए ।

Loading...