Loading...
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसदमा अविश्वासको प्रस्ताव दर्ता भएस“गै सरकार ढल्ने चर्चा चलिरहेका बेला ओलीको समर्थनमा गृह जिल्ला झापाका युवाहरुले प्रदर्शन गरेका छन् । झापाको बिर्तामोडमा द राईजिङ युथ नेपालको अगुवाईमा युवाहरुले आइ एम विथ केपी ओली भन्दै ओलीको समर्थनमा ¥याली निकालेका हुन् ।
अपरान्ह निस्किएको ¥याली बिर्तामोडको परिक्रममा गरि मुक्तीचोकमा आएर कोणसभामा परिणत भएको थियो । प्रधानमन्त्री ओलीलाई देश र जनताको पक्षमा काम गर्दा–गर्दै देशी–विदेशी शक्तिले घेरावन्दीमा पारी काम गर्न नदिएको भन्दै ¥यालीमा सहभागीले आपत्ति जनाएका छन् । उनीहरुले राष्ट्रिय स्वाभिमान बोकेका ओलीको सरकार ढाल्न भारत नै लागेको भन्दै ओलीको समर्थनमा चर्का नाराबाजी गरेका थिए । कोणसभामा बोल्ने वक्ताले ओली नेतृत्वको सरकारलाई देश र जनताको हितमा राम्रो काम गर्दा गर्दै हटाउन नहुने धारणा व्यक्त गरेका छन् ।
¥यालीमा एमाले पार्टीको झण्डा प्रयोग नभएपनि युवा संघ, अनेरास्ववियू र एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिती थियो ।
Loading...

Social Buttons