Loading...
काठमाडौं, ७ साउन, गरिब बालबालिकालाई चर्चमा बन्धक बनाएर धर्म परिवर्तनमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको शंखमुलमा जेरुसेलम एन्टिवन चर्चमा १४ जना बालबालिकालाई बन्धक बनाई धर्म परिवर्तन गराइएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रहरीले चर्चका सञ्चालक हरिबहादुर तामाङ र बालगृह सञ्चालक चिनिमाया ब्लोनलाई पक्राउ गरी मानव ओसारपसार तथा धर्म परिवर्तन मुद्दामा कारबाही अघि बढाएको छ ।
अदालतले बालगृह सञ्चालक ब्लोनलाई थुनाका लागि जेल चलान गर्ने आदेश दिएको छ । तामाङ ५० हजार धरोटीमा छुटेका छन् । धनकुटा घर भएकी ब्लोनको बिगत पाँच वर्षदेखि दर्ता नै नगरी माया अनाथ आश्रम सञ्चालन गरी गरिब बालबालिकालाई राख्दै आएकी थिइन् ।
कतिपय बालबालिकाका परिवारलाई प्रलोभनमा पारी उनले बच्चा आफूले पाल्ने भन्दै काठमाडौं ल्याएकी थिइन् ।
Loading...

Social Buttons