Loading...
काठमाडौं । शेरबहादुर देउवालार्इ खुर्इल्याउन प्रोत्साहन दिनेगरी अन्तर्वार्ताहरू प्रशारण गर्न थालेको भनेर सेनाको जर्नेलहरूको एउटा कित्ताले एभिन्यूज टेलिभिजनलार्इ धम्कि दिर्इरहेको छ । धम्की दिने यो तत्व अमेरिकी जासुसी संस्था सिआइएबाट परिचालित राजनीतिक वृत्तमा शेरबहादुर देउवाको पकड समाप्त हुनासाथ सेनामा आफ्नो पकड पनि समाप्त हुने भयले आतङ्कित भएको यही तत्वले दरबार हत्याकाण्डपछि राजारानीको सुरक्षा गने जिम्मा आफ्नो नभएको भन्ने बक्तव्य जारी गरेर सो षडयन्मूलक काण्डलार्इ परोक्ष रूपमा समर्थन गरेको थियो ।
शेरबहादुरकी श्रीमती सिआइएको सकृय कर्मचारी भएको र उनको विवाह पनि अमेरिकाकी तात्कालीन राजदूत जुलिया चाङ ब्ल्कको अगुवार्इमा भएको कारणले सिआइए परिचालित सेनाको एउटा बृत्तले शेरबहादुरलार्इ आफ्नो रक्षकबच बनाउँदै आएको छ। यो पंक्ति चीनसँग भएका संझौताहको विरूद्धमा छ ।
केही जर्नेलरूले देखाउन थालेको यो हर्कत विशेष रूपले कृष्णप्रसाद भट्टराइका स्वकीय सचिव तथा उपप्राध्यापक पेशल निरौलाको एभिन्यूज टेलिभिजनको अन्तर्वार्ता विरूद्ध केन्द्रित छ । जसमा उहाँले शेरबहादुरसँग जुलिया चाङले गराउन थालेको आरजु राणाको विवाहको विरोध गरेर सो विवाहलार्इ कांग्रेस कब्जा गर्ने सिआइएको षड्यन्त्र भनेर विरोध गरेको कुरा उल्लेख गरएको छ । – जनपाटीबाट
Loading...
Social Buttons