Latest News

सरकार ढाल्नेलाई नांगेझार पार्ने घोषणा (बिज्ञप्ति सहित)


नेकपा एमालेको दुई भ्रातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढाल्नेलाई नाङ्गेझार पार्ने अभियानको घोषणा गरेको छ। आज एक संयुक्त बिज्ञप्ति जारी गर्दै दुवै संगठनले देश र जनताको हितका लागि साहसिक कदम चाल्न पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह पनि गरेका छन् ।
युवा संघ अध्यक्ष राजीव पहारी र अनेरास्ववियु अध्यक्ष नविना लामाद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा सरकार ढाल्न खोज्नेहरुको भण्डाफोर गर्न युवा तथा विद्यार्थीहरुलाई आह्वान पनि गरिएको छ । बिज्ञप्तिमा भनिएको छ ‘राजनीतिक परिस्थिति धमिलो बनाई आजको दिनलाई इतिहासको कालो दिनको रुपमा पुर्‍याउने तत्व र प्रवृत्तिहरुको डटेर भण्डाफोर गर्नका लागि आम युवा विद्यार्थीहरुलाई हामी आह्वान गर्दछौं,’ ।
सरकार परिवर्तनका लागि भएका कदमलाई ‘नाजायज’ भएको बताउँदै दुई संगठनले त्यसलाई ‘राष्ट्रघाती कदम र इतिहासको कालो धब्बा’ भनेका छन् ।   संयुक्त वक्तव्यमा भनिएको छ, ‘आजैका मितिदेखि नेपाल र नेपाली जनताको हित विपरित नेपालको स्थिरतालाई खल्बल्याउन अनेक किसिमका दाउपेच र षड्यन्त्र गर्ने देशीविदेशी जो सुकैलाई नेपाली भूमिभित्र कडा निगरानी राख्दै तत्काल उनीहरुलाई सडकमा नाङ्गेझार पार्ने अभियानमा हामी अघि बढ्ने जानकारी गराउँछौं।’
हेर्नुस बिज्ञप्ति
Loading...