Latest News

दाङमा बाढीले बगायो हायस, यात्रुको रुवाबास


साउन ७ । अबिरल बर्षाका कारण आएको बाढीले दाङमा एउटा यात्रु बोकेको हायसलाई बगाएको छ । 

तुलसीपुरबाट अर्घाखाँचीका लागि छुटेको बा ३ ख ४४५१ नम्वरको हायसलाई स्थानीय ग्वारखोलाको बाढीले बगाएको हो ।

आज बिहान करिब ६ बजेतिर  अर्घाखाँचीका लागि छुटेको उक्त  हायसलाई ग्वारखोलामा आएको बाढीले बगाएको अम्विेकेश्वरी सार्वजनिक राप्ती यातायात समितिका कर्मचारी प्रविन केसीले  बताएका छन् ।

यात्रु बोकेको हायसलाई खोलाले बगाएपछि यात्रुहरुलाई स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका थिए । हायसलाई खोलाले बगाएपछि यात्रुहरुलाई अर्को बसमा गन्तब्यमा पठाइएको समितिले जनाएको छ ।

बाढीले हायस बगाउँदा यात्रुहरुले रुवाबासी गर्दै हारगुहार गरेपछि  स्थानीय बासिन्दाहरु हत्तनपत्त गएर उनीहरुलाई उद्धार गरेका हुन् ।
Loading...