Latest News

राहु दशाले घेरेका कारण देउवा प्रधानमन्त्री बन्न नसक्ने ज्योतिष कृष्ण भण्डारीको दाबी

काठमाडौं, असार २७ ।  नेपाली काँग्रेसका सभापति तथा भुतपूर्व प्रधानमन्त्री शेर बहादुर देउवा धर्मकर्मको मामिलामा निकै आसक्त छन् । 

राजधानीमा व्यस्त राजनीतिक जीवनबाट केही समयका लागि फुर्सत निकालेर भए पनि देउवा आफ्नै गृह जिल्ला डडेल्धुरामा रहेको उग्रतारा मन्दिरमा पनि बेला बेलामा अर्शिवाद लिन पुग्ने गरेका छन् । 

सभापति देउवा ज्योतिष शास्त्रमा र बास्तुशास्त्रमा समेत अत्यन्तै विश्वास राख्छन् । एबिसी न्यूज टेलिभिजन बाट प्रसारण हुने अप्रेशन बिग न्यूजमा आफ्नो ज्योतिष ज्ञानले हांसिल गरेको अनुभव सार्बजनिक गर्दै ज्योतिष कृष्ण भाण्डारीका अनुसार देउवाको कुण्डलीमा उनी आँटिला व्यक्ति भएको देखिन्छ । उनको कुण्डलीमा, राहुको दशा देखिएको ज्योतिषको दावी छ । यो दशा रहुन्जेल उनलाई कुनै किसिमको लाभ हुने देखिदैन । 

राजनितिमा हरेक कुरा परिवर्तनशिल छ , ज्योतिषशास्त्रमा विश्वास गर्ने देउवाका लागि यो वर्ष अशुभ रहेको दाबी गर्दै भण्डारीले  देउवाका पछिल्ला असफल्तालाई पनि संयोग मात्र मान्न नमिल्ने बताएका छन् । देउवाले केही समय अघि अपनाएको राजनीतिक तिकडमका बारेमा जानकारी दिदै ज्योतिष भण्डारीले भनेका छन्९ जसरी पनि ओली सरकार ढाल्ने योजना बनाएका देउवाले प्रचण्डलाई प्रधानमन्त्री पदमा अघि पनि सारे र अन्त्यमा प्रचण्डले ओलीसँग ९ बुँधे सम्झौता गरी देउवालाई छाडी दिए । यसबाट पनि देउवाको ग्रहदशा शुभसँग नचलेको भन्ने ज्योतिषको भविष्यवाणीमा दम देखिन्छ ।
  
Loading...