Loading...
२५ असार, काठमाडाैँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री जस्तो पदमा बसेर संघीयताको विरोध गर्ने ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्न नसक्ने बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले संघीयताविरोधीलाई प्रधानमन्त्रीमा समर्थन गर्न नसकिने स्पष्ट पार्दै सरकार फेरिने बताएका हुन् । उनले एक साताभित्र नयाँ सरकार बन्ने उद्घोष समेत गरेका छन् । कार्यक्रममा बोल्दै उनले जनयुद्ध सुरु गर्दा ग्रामिण इलाकालाई आन्दोलनको केन्द्र बनाएको स्मरण गर्दै अबको आन्दोलन शहर केन्द्रित हुने बताए ।
‘हिजो हामीले ग्रामीण क्षेत्रलाई आन्दोलनको केन्द्रविन्दु बनाई सफलता हासिल गर्यौ तर अहिलेको अवस्था त्यो छैन, त्यसैले अबको आन्दोलन सहर केन्द्रित हुन्छ हामीले त्यो नीति बनाएका छौँ ।’ उनले भने ।
कार्यक्रममा बोल्दै उनले महाधिवेशनपूर्व ‘जनताको माओवादी जनताको घरमा’ नामक अभियान लिएर प्रत्येक जनताको घरघरमा पुग्ने बताए । हालै सम्पन्न पार्टीको पोलिटब्युरो बैठकले पार्टीका नयाँ कार्यदिशा र रणनीतिको विकास गरेको औल्याउँदै जनताको घर–घरमा पुगी संगठन विस्तार गर्ने बताए ।
प्रचण्डले माओवादी पार्टीमा आएको फुटले शहिद, वेपत्ता, घाइते र आम उत्पिडित जनतालाई निकै चिन्तित बनाएको विगतमा आफुहरुले गरेको गल्तीमा माफी माग्दै अव जनता र परिवर्तनको पक्षमा एक ढिक्का भएर अगाडी बढ्ने बताए ।
प्रचण्डले नेपालमा माओवादीले ठूलाठूला राजीतिक परिवर्तनका नेतृत्व गरेको, त्यसमा खासगरी विचारधारात्मक रुपले नयाँ स्कुलको विकास गरेको बताए । साथै माओवादी केन्द्रमा नयाँ माओवादी स्कुलको संश्लेषणको बहसमा जुटेको र नयाँ संश्लेषण जरुरी रहेको बताए ।
उनले सम्बोधनकै क्रममा माओवादी आन्दोलन सिद्धिनेछ विभिन्न प्रतिक्रियाबादीहरुले कल्पना गरे पनि त्यसो नभएर माओवादी आन्दोलन नया शिरा बाट अगाडी बढन् बताए । उनले क्रान्तिकारी आन्दोलनमा आफुहरुले निषेधको निषेध द्वन्द्वात्मक भौतिकवादी नियमको प्रयोग गर्दै आएका बताए ।
Loading...
Social Buttons