Loading...
काठमाडौं, ७ साउन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रको कम्युनिष्टको बर्को खुइलिसकेको बताएका छन् । ‘माओवादी अब कम्युनिष्ट भन्न लायक रहेन, केही समय अघिनै उसको कम्युनिष्टको बर्को खुइलिसकेको थियो, अबको केही महिनापछि बर्को कस्तो थियो पत्तो नै हुन्न’ प्रधानमन्त्री ओलीले भने ।
कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औं स्मृति दिवसका अवसरमा कीर्तिपुरको पुष्पलाल पार्कमा भएको कार्यक्रममा प्रधानमन्त्री ओली माओवादी केन्द्रप्रति निकै आक्रामक रुपमा प्रस्तुत हुनुभयो ।
‘तीन महिनापछि माओवादी आफैले थाहा पाउँछ कति गल्ती गरेँ, अझ ६ महिनापछि त झन थाहा पाउँछ बर्बादनै हुने गरी गम्भीर गल्ती गरिएछ’ प्रधानमन्त्री ओलीले भने । त्यस्तै अहिले भइरहेको सत्ता परिवर्तनको खेलको विषयलाई उनले यो संविधान असफल बनाउने खेल रहेको बताउनुभयो । ‘यो कसैले गरेको नेपालको राष्ट्रिय हित विरुद्धको खेल हो’ प्रधानमन्त्री ओलीले भने ।
त्यस्तै मधेसी मोर्चाप्रति लक्षित गर्दै नाम नलिई ओलीले भने ‘एमालेको विपक्षमा भोट दिन म मुन्टो धसारेर पनि आउँछौं । एक मुठो घाँस फाल्दिएपछि त्यसैमा भुल्छौ । गाई घाँसमा भुल्थे, अहिले कसैले घाँसको मुठो फालिदिएको छ । उनीहरु त्यही घाँसको मुठोमा भुलेका छन् ।’
Loading...

Social Buttons