Loading...
अशोक महर्जन
काठमाडौं, ३१ असार- प्रधानमन्त्री केपी ओली समर्थकले राजधानीको माइतीघर मण्डलामा आई एम विथ् केपी ओली लेखिएको ब्यानर र ओलीको समर्थनमा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका छन् । नेकपा माओवादी केन्द्रले संसदमा प्रधानमन्त्री केपी ओली विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि ओली सरकार धर्मराउन पुगेको छ ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले ओलीलाई समर्थन फिर्ता लिने निर्णय गरेपछि एकाएक सामाजिक सञ्जालमा आई एम विथ् केपी ओली भाइरल बनेको थियो । ओली सरकारको समर्थनमा फेसबुक र ट्वीटरमा आई एम विथ् केपी ओली नाम दिएर फेसबुक पेज नै बनाएर युवाहरूले अभियान नै चलाएका थिए ।
आजको -यालीमा सहभागी युवती अन्जना अधिकारीले फेसबुकबाट थाहा पाएर प्रदर्शनमा सहभागी हुन आएको बताइन् । अधिकारीले लोकान्तरसँग भनिन्,‘म एमालेको कार्यकर्ता होइन तर केपी ओलीलाई समर्थन गर्छु ।’ संविधान कार्यावन्यनको समयमा राजनीतिक दलहरू सरकार गिराउने खेलमा लागेको भन्दै ओली सरकारको निरन्तरताको माग प्रदर्शनमा युवाहरू सहभागी भएका हुन् । कतिपयले कार्यक्रम एमालेको प्रायोजनमा भएको भनेर आरोप लगाएपनि एमालेका शीर्ष नेताहरुमध्ये कोही पनि कार्यक्रममा देखिएका थिएनन् ।
-
Loading...
Social Buttons