Loading...
काठमाडौं, १५ साउन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सप्तरीका जनताले भारतीयहरुको प्रतिवाद गरेको घटनालाई राष्ट्रियतासँग जोड्न नहुने बताएका छन् ।
हिमालयन टेलिभिजनको कार्यक्रम यज्ञ प्रश्नमा पत्रकार नारायण पौडेलसँग कुराकानी गर्दै महतोले यसलाई दुई देशबीचको लाडाईंको रुपमा हेर्न नहुने बताए ।
पत्रकार पौडेलले सप्तरी घटनामा धारणा मागेपछि महतो रिसले आगो भएका थिए । उनले निकै आक्रामक शैलीमा जवाफ दिएका छन् ।
नेपाली भूमि मिचेर नेपालतर्फ नै डुबान पर्नेगरी भारतले एकतर्फीरुपमा बनाएको बाँध बिहीबार सप्तरीको तिलाडीका जनताले भत्काएका थिए । त्यसक्रममा सप्तरीबासी र भारतीय नागरिकहरुबीच झडपसमेत भएको थियो । त्यसक्रममा केही नेपाली घाइते भएका छन् ।
यस्तो छ सम्वाद:
सप्तरी डुबेको के कारणले ?
– के कारणले ? के कारणले ?
त्यहाँ त पारी (भारत)बाट तटबन्ध बनाइएको बनाइएछ, त्यसैले डुबेको रहेछ नि त ! विरोध कहिल्यै जनाउनुभयो ?
– तटबन्ध त हामीले पनि पूर्व-पश्चिम गरेर बनाउँदा खेरी पानीको त्यस्तो बहाब रहेछ भने डुब्छ । उनीहरुले सडक बनाएको वा भनौँ केही गरेको होला, त्यही भएर पानी जम्यो । यो त स्वभाविक हो । यस्तो (पूर्व-पश्चिम) सडक बनायो भने डुब्छ । हामीले आफ्नो भूमिमा बनाए पनि डुब्ने हो । उनीहरुले बनाए पनि डुब्छ ।
यो स्वभाविक हो ?
त्यही त, त्यस्तो बनाइदियो भने डुब्छ । पानी परेको बेलामा डुब्छ, फेरि पानी निकास भइहाल्छ । बनाउँदाखेरी हामीले चिन्तन गर्नुपर्छ । इण्डिया हो वा नेपाल हो, हामीले बनाउँदाखेरी त्यसबाट जनतालाई असर पर्ने, खेत डुबान पर्ने नहोस्, त्यसमा ध्यान दिनुपर्छ ।
मैले यहाँ अलिकति जोड्न चाहेँ,
अहँ । राष्ट्रियतासँग तपाईंले जोड्नुभयो नि ! हाम्रो पनि सडक बन्छ नि त मधेसमा, नेपालको भूमिमा । यस्तो पूर्व-पश्चिम सडक बनाउँदा पानी जम्छ के । त्यसलाई राष्ट्रियतासँग जोड्नु हुँदैन ।
सप्तरीका जनता लडेका छन्, तपाईंको छिमेकी जिल्ला अनि तपाईंको भूगोलको जनता, तपाईंको यसमा धारणा के छ ?
होइन, त्यो बनाउँदा खेरी पानीको निकास बनाउनु पर्थ्यो ।
जनता लडेका छन्, घाइते भएका छन्, तपाईंको छिस्स विज्ञप्ति पनि आउँदैन ?
ठिकै छ नि !
विज्ञप्ति किन आउँदैन ?
के को विज्ञप्ति ?
जनता लडेका छन्, भारतीय पक्षको आक्रमणबाट घाइते भएका छन्,
ल ल ल यही गलत हो के । त्यसलाई तपाईं दुई देशबीचको लडाईंको संघ्या दिनुहुन्छ !
जनताले अभिभावकत्व खोजेको छ,
खोजेको छ राम्रो कुरा हो । यो त सीमा क्षेत्र हो । त्यहाँ दुई देशको जनता भनेर लडाईं हुँदैन के ।
सप्तरी घटनाबारे तपाईंको धारणा के छ ?
पहिलो कुरा त तपाईंको मानसिकता नै गलत हो । तपाईंको ब्याख्या गलत हो । तपाईंको सोच गलत हो ।
साथै अन्तर्वार्तामा अन्य विभिन्न विषयमा पनि महतोसँग चर्काचर्की परेको छ । भारतको विहार प्रान्तका पूर्वमुख्यमन्त्रीलाई भेट्दा प्रोटोकलको ख्याल नगरेको देखि लिएर महतोको नागरिकताको विषयमासमेत कुरा उठेको छ ।
हेर्नुहोस्, पूरा अन्तर्वार्ता:
Loading...
Social Buttons