Latest News

जन्मदिनमा पूर्वराजा ज्ञानेन्द्र बोले–‘जनताबाट मैले धेरै गुनासोहरु सुनें’ (भिडियोसहित)

काठमाडौं, असार २३ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अशान्तिको अवस्था बनेको भन्दै जनताको चाहनाअनुसारको व्यवस्था कायम होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

आफ्नो ७०औं जन्मदिनको अवसरमा विहीबार निर्मल निवासमा शुभेच्छुकहरुबाट शुभकामना ग्रहण गर्नेक्रममा सन्चारकर्मीलाई प्रतिक्रिया दिँदै पूर्वराजा ज्ञानेन्द्रले आफूले देशमा शान्ति र स्थायित्व चाहेको बताए ।

पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनको अवसरमा शुभकामना दिन वर्तमान सरकारका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, पूर्वमन्त्रीहरु, सुरक्षा निकायका पूर्वप्रमुखहरु, राजावादीहरु, शुभेच्छुक र सर्वसाधारण निर्मल निवास पुगेका थिए ।

उनीहरुसँग पूर्वराजा ज्ञानेन्द्रले भलाकुसारी गरेका थिए ।


Loading...