Latest News

सल्लाहकार भन्छन्– केपी ओली आफ्ना विरोधीलाई पनि माया गर्ने विशाल छाती भएको नेता हो


स चौतारी नेपालका संस्थापकमध्येका एक प्रमोद दाहाल वरिष्ठ पत्रकार हुन् । रेडियो नेपालमा कार्यरत दाहाल अहिले प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार हुनुहुन्छ । प्रधानमन्त्री ओलीसँग काम गर्दा उहाँको भोगाइ कस्तो रह्यो ? यसै विषयमा दैनिक नेपालले दाहालसँग गरेको कुराकानीको सम्पादित अंशः


२०५२ सालतिरबाट होला मैले केपी ओलीसँग संगत गर्न थालेको । दुई दशकदेखि उहाँको नजिक रहेर मैले काम गर्ने अनि सिक्ने मौका पाएँ । हरेक मानिस योग्य, क्षमतावान र अध्ययनशील हुनुपर्छ अनि सही कुरामा आफू स्पष्ट हुनुपर्छ भन्ने कुरा मैले उहाँबाट सिकेको छु ।

नेकपा एमालेको एउटा कार्यकर्ता र पत्रकारको रुपमा धेरैअघिदेखि उहाँको नजिकमा रहेर उहाँलाई सहयोग पु¥याउँदै आउँदा मैले महसुस गरेको छु– उहाँ एकदमै उदार हृदय भएको, विचारमा स्पष्ट र आफ्ना विरोधीहरुलाई पनि माया गर्ने नेता हुनुहुन्छ । आफ्ना विरोधी नै भए पनि आपतबिपत पर्दा उनीहरुलाई सहयोग र संरक्षण गर्ने नेता हो, उहाँ । त्यसैले नेपालको समकालिन नेताहरुमा एउटा दूरदृष्टि भएको, विचारमा स्पष्ट र आफू एक्लै परेपनि सही कुरामा अडानमा अडिग रहने एउटा राजनेताको रुपमा मैले उहाँलाई पाएको छु ।

उहाँ एकदमै उदार हृदय भएको, विचारमा स्पष्ट र आफ्ना विरोधीहरुलाई पनि माया गर्ने नेता हुनुहुन्छ । आफ्ना विरोधी नै भए पनि आपतबिपत पर्दा उनीहरुलाई सहयोग र संरक्षण गर्ने नेता हो, उहाँ ।

पछिल्लो नौ महिना उहाँको प्रेस सल्लाहकारका रुपमा उहाँबाट अझ धेरै बढी सिक्ने मौका पाएँ । राज्य संचालनको मामलामा उहाँ जत्तिको प्रष्ट र सही प्रधानमन्त्री अरु भएको जस्तो मलाई लाग्दैन । आफ्ना नेता–कार्यकर्ताहरुका लागि विधि, नियम र कानुन मिच्ने भन्दा पनि त्यस ठाउँमा योग्य र सक्षम मानिसहरु अगाडि बढाउनुपर्ने उहाँको मान्यता पाएँ । आफ्नै कार्यकर्ता, नेता छन् भने पनि उनीहरुको क्षमता, योग्यता अनुसार ठाउँ दिनुपर्छ भन्ने उहाँको मान्यता छ ।

प्रमोद दाहाल

उहाँसँग काम गर्दा मेरो आफ्नो अनुभव के छ भने उहाँले नजानेको कुरा, नजानेको विषय नै छैन् जस्तो भान हुन्छ । पीएचडी गरेका र आफूलाई विद्वान ठान्नेहरु पनि प्रधानमन्त्री केपी ओलीसँग कुरा गर्न बस्दा नतमस्तक हुन्थे । उनीहरुले प्रधानमन्त्री केपी ओलीलाई केही सिकाएर गएको भन्दा पनि स्वयम् आफै सिकेर गएको अनुभुत गर्थे ।

मैले प्रधानमन्त्री ओलीका सन्देश, भाषण लगायत अन्य विभिन्न वक्तत्वहरुको सम्पादन गर्ने मौका पनि पाएँ । उहाँ एउटा राम्रो लेखक, शिक्षक भन्दा पनि माथि हुनुहुन्छ भन्ने मेरो अनुभूति छ । भाषणमा प्रयुक्त हुने शब्द र शब्दावली बारे उहाँ अत्यन्तै सचेत हुनुहुन्छ । र, उहाँले धेरै सन्दर्भमा मलाई यसरी लेख्ने, व्याकरण यस्तो हुन्छ जस्ता कुराहरु पनि व्याकरणीय हिसाबमा सिकाउनुहुन्थ्यो । यसकारण उहाँ एकजना नेतामात्र होइन्, यो अवधिमा मैले उहाँलाई आफ्नो शिक्षकको रुपमा पनि लिएको छु । मैले स्कूल वा कलेज पढ्दा जति जानेको छु, त्यो भन्दा बढी उहाँसँग निकट रहेर उहाँलाई सहयोग गरिरहँदा उहाँबाट धेरै सिकेको छु ।

अझ राष्ट्रियताको मामिलामा त म उहाँसँग नतमस्तक छु । देश सानो वा ठूलो भए पनि सार्वभौमसत्ता, राष्ट्रियता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता ठूलो र बराबरी हुन्छ भन्ने मान्यता उहाँ राख्नुहुन्छ । उहाँले आफ्नो नौ महिने कार्यक्रममा त्यो कुरालाई प्रमाणित गरेर देखाउनुभयो । भारतको नाकाबन्दीको बेला होस् वा पछि चीनसँग द्विपक्षीय सन्धी–सम्झौता गर्दाको अवस्थामा होस्, उहाँले त्यसको प्रमाणित गरेर देखाउनुभयो ।

नेपालको विदेश नीतिलाई यिनै कुराहरुमा आधारित रहेर नयाँ ढंगले परिभाषित गर्नुभएको छ । यो उहाँको ऐतिहासिक र महत्वपूर्ण योगदान हो भन्ने म ठान्दछु । उहाँले देशको आर्थिक विकास र समृद्धिका लागि जुन सपना देख्नुभयो । र, विकासको बाटोमा अग्रसर हुन देश र जनतालाई जुन बाटो देखाउनुभयो, यो कुरालाई आजको युवापुस्ता, बृद्धबृद्धा र सबैले सदाका लागि सम्झिरहनेछन् । देश विकासका लागि उहाँले जुन गोरेटो निर्माण गर्नुभएको छ, त्यसमा अबका प्रधानमन्त्री, सरकार वा नेताहरु नहिँडी सुखै छैन् । त्यसबाट उनीहरु र सिंगो देश पछाडि फर्कने अवस्था छैन् । यो नै केपी ओलीको सबैभन्दा ठूलो सफलता हो ।

देश विकासका लागि केपी ओलीले जुन गोरेटो निर्माण गर्नुभएको छ, त्यसमा अबका प्रधानमन्त्री, सरकार वा नेताहरु नहिँडी सुखै छैन् । त्यसबाट उनीहरु र सिंगो देश पछाडि फर्कने अवस्था छैन् । यो नै केपी ओलीको सबैभन्दा ठूलो सफलता हो ।

तर, उहाँको चिन्ता देश फेरि पनि राजनीतिक अस्थिरतातर्फ जान्छ कि भन्नेमा छ । संविधानको कार्यान्वयन हुँदैन कि, देशले फेरि पनि पछौटेपनलाई त्यागेर अघि बढ्दैन कि, देश र जनता सँधैगरि राजनीतिक अस्थिरता पछौटेपन र गरिबीको झन् झन् चपेटामा पर्छन् कि भन्ने ठूलो चिन्ता उहाँलाई छ । उहाँले यो कुरा पटकपटक दोहो¥याउँदै आउनुभएको मैले अनुभूति गरेको छु ।

मानिसहरुले प्रधानमन्त्रीलाई अनेक लान्छना लगाउन खोजेका थिए । तर, प्रधानमन्त्रीले सहज रुपमा प्रधानमन्त्री पद छाडिदिनुभयो । प्रधानमन्त्रीबाट राजीनामा दिँदा जुन संवैधानिक जटिलता थियो, त्यसलाई फुकुवा गरिदिनुभएको छ । संविधान कार्यान्वयनको दिशामा मुलुकलाई अगाडि बढाई एउटा राजनेताको हैसियतमा मुलुकलाई सहज दिशामा अघि बढाउन उहाँले भूमिका खेल्नुभएको छ । प्रधानमन्त्री पदबाट राजीनामा गरेर नयाँ सरकार गठनका लागि बाधा, अडकाउ फुकाउको निर्णय गर्नुभएकोमा उहाँ खुसी हुनुहुन्छ । आफू पदबाट हट्नुपरेकोमा प्रधानमन्त्री ओलीलाई किञ्चित दुःख छैन्, अत्यन्तै खुसी हुनुहुन्छ ।

Loading...