Loading...
३,साउन,काठमाण्डौं । गत असार २८ गते नेपाली कांग्रेस–माओवादी केन्द्र बीच भएको ७ बुँदे सम्झौतापत्र औपचारिक रूपमा नेपालमा सार्वजनिक भएको छैन । तर नयाँ दिल्ली विद्युतीय च्यानल मार्फत यो पत्र नेपालभर फैलिसकेको छ । यसअघिका सबै सझौतापत्रहरु कालो अक्षरमा प्रिन्ट हुँदै आएको भए पनि कांग्रेस–माओवादी बीचको सम्झौतापत्र भने निलो अक्षरमा प्रिन्ट गरिएको अवस्थामा सार्वजनिक भएको छ । मोवाइलको क्यामेरा प्रयोग गरेर खिचेको जस्तो देखिएको दुई पार्टीबीचको सम्झौतापत्र नयाँ दिल्लीस्थित हैदरावाद हाउसको कलर प्रिन्टरमा प्रिन्ट गरिएको हुन सक्ने आशंका गरिएको छ । नेपाली औपचारिक च्यानलबाट नआएको कारण मूलधारकाा सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छैनन् । यद्यपि उक्त सम्झौतापत्रको ड्राफ्ट नै काठमाडौंस्थित भारतीय दुतावासमा भएको हुन सक्ने अनुमान गरिएको छ । नेपालमा सरकार परिवर्तनको चर्को खेल भइरहेको बेला यो सम्झौतापत्रले थप संकट ल्याउने बताइएको छ । एमालेका सचिव योगश भट्टराई भनछन्, ‘कांग्रेसलाई अघि सार्ने विकल्पमा जान हुँदै । सकियो भने प्रचण्ड कमरेडलाई नै फर्काउने हो । प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्न सकिन्छ । उहाँहरुले अविश्वासको प्रस्ताव फिर्ता लिनुपर्छ । प्रधानमन्त्रीमा प्रचण्डलाई सहज ढंगले नै माला लगाउन तयार छौं ।’ अहिले माओवादी केन्द्र प्रचण्डको जनस्तरबाट चर्को आलोचना भइरहेको छ । यही साउन ६ गतेबाट नेपाली राजनीतिको धेरै कुरा सतहमा आउनेछ । अविश्वासको प्रस्तावमाथिको छलफल यही ६ गतेबाट सुरु हुने कुरा यसअघि नै सभामुख ओनसरी घीर्तीले बताइसकेकी छिन् । स्रोतले के कुराको पनि दावी गरेको छ भने प्रधानमन्त्री ओलीले सहज प्रकारले सत्ता नछोड्ने र नेपाली सेनाको समेत प्रयोग गर्नेछन् । त्यसबेला प्रचण्डले भारतीय सेना गुहार्नेछन् । त्यसपछि नेपाल औपचारिक रुपमै भयानक मुठभेडतिर जानेछ । पछिल्लो चरणमा भारतीय राजदूत रञ्जित रेसित प्रचण्डको विशेष दोस्ती कायम भएको बताइन्छ । स्रोतः जनपाटी
Loading...
Social Buttons