Latest News

'यो एउटा निर्णयबाट म कहिल्यै नउठ्ने गरि सिद्धिन पनि सक्छु'


५ साउन, काठमाडौं।

एमालेसंगको सत्ता सहकार्य छोडेपछि शुक्रबार पार्टी पदाधिकारी बैठकमा प्रचण्डले भने, ‘यो एउटा निर्णयबाट म कहिल्यै नउठ्ने गरि सिद्धिन पनि सक्छु।’

त्यसो त राजनीति भन्नु जुवा हो हारजित भइरहन्छ। यसमा माओवादीलाई अहिले फाइदा हुनेजस्तो देखिएको छ। सुशील कोइराला सहमतिबाट बिच्किएपछि राष्ट्रपति र प्रधानमन्त्री एमालेलाई, सभामुख र उपराष्ट्रपति माओवादीलाई दिने सहमति भएको थियो। सोहीअनुसार ९ महिना संयुक्त सरकार चल्यो। तर, अकस्मात सत्ता साझेदार सरकारबाट अलग हुँदा अब माओवादीलाई बिग फाइभमध्ये तीन ठूला पद प्रधानमन्त्री, उपराष्ट्रपति र सभामुख हात लाग्ने भएको छ। प्रधानन्यायाधीश न्यायिक पृष्ठभुमीबाट आउने हुँदा त्यसमा दलको भाग लाग्ने कुरै भएन। बाँकी रह्यो राष्ट्रपति, अब एमालेसंग त्यहि एक्लो पद रहनेछ। कांग्रेसलाई त केही न केही, ९ महिनापछि प्रधानमन्त्री पाइने उधारो बचन। यस हिसाबले हेर्दा ‘राजनीतिक सत्ताको जन्म बन्दुकको नालबाट’ नभई चुनावी या संसदीय अंकगणित या चातुर्यताबाटै हुन पुगेको छ, माओवादीलाई। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।
Loading...