Latest News

प्रचण्डले ओलीलाई ‘राजतन्त्रवादी’भन्दा कमल थापा मुस्कुराए

काठमाडौँ:  व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्ध निकै आक्रमक रुपमा प्रस्तुत भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाषण सुनेर राप्रपा नेपालका अध्यक्ष कमल थापा पटकपटक मुस्कुराएको देखियो। 

जब प्रचण्डले ओली गणतन्त्रविरोधी भएको र राजतन्त्रवादीसँग लगनगाँठो कसेको आरोप लगाउँदै थिए, आली नजिकै बसेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा मजाले मुस्कुराए। 

प्रचण्डले घुमाउरो रुपमा थापा नेतृत्वको राप्रपाले वकालत गर्दै आएको संवैधानिक राजतन्त्र र संघीयताविरोधी अभियानमा ओली पनि लागेको आरोप लगाए। राजतन्त्रप्रेमीहरुसँग राम्रै लगनगाँठो कसेको बताएर प्रचण्डले थापासँग ओलीबीच बढेको हिमचिमलाई संकेत गरेका थिए। 

तर प्रचण्डको आरोप सुनेर ओली भने निकै गम्भीर मुद्रामा प्रस्तुत भएका थिए।
Loading...