Latest News

गगन थापाको यो निर्णयले सबै चकित! प्रश्नको ओइरो

काठमाडौं, २६ असार । नेपाली कांग्रेसका युवा नेता गगन थापाले डा. गोविन्द केसीको अनसनलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
चिकित्सा क्षेत्रको विकृति र माफियाकरणविरुद्ध आजदेखि आठौंपटक अनसन बस्न लागेका डा केसीलाई समर्थन गर्ने थापा पहिलो सांसद पनि बनेका छन् । डा केसीलाई समर्थन गर्ने निर्णयको जानकारी गगनले सामाजिक सञ्जाल ट्वीटरमार्फत गराएका छन् ।
यसपटक डा केसीले चिकित्सा क्षेत्रमा अनावश्यक हस्तक्षेप गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ध्वस्त पार्न खोजेको भन्दै प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गरेका छन् ।gagn
व्यवस्थापिका संसदमा लोकमानविरुद्ध महाअभियोग लगाउन १४९ सभासदको हस्ताक्षर आवश्यक पर्दछ । १४९ साँसदले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएमा कार्की निलम्बनमा पर्नेछन् । डा केसीको एजेण्डालाई समर्थन गर्ने सांसदको सूचीमा गगन थापा पहिलो नम्बरमा परेका हुन् ।
गगनको निर्णयले अधिकांश आश्चर्यमा, प्रश्नको ओइरो
गगनले डा केसीको पक्षमा ट्वीट गर्दै लेखेका छन्- ‘डा केसीको आन्दोलन कस्तो समाज निर्माण गर्ने जस्तो विषयसँग जोडिएकोले यो एक्लो संघर्ष होइन, सबै सचेत नेपालीको आन्दोलन हो ।’
उनको यस्तो भनाईसहितको ट्वीटपछि अचम्म पर्दै धेरै जनाले प्रतिक्रिया जनाए । तीमध्येकी एक प्रिया पन्त प्रश्न गर्छिन्– ‘यसमा तपाईको मन बोलेको हो कि राजनीति मात्र ?’
प्रश्न कटेल सुझाव दिन्छन्– ‘सदन-समितिमा गर्नुहोस् यी कुरा सभापति ज्यू अनि बन्छ काम । कुरा धेरै भए ।’
विमोचन लेख्छन्– ‘लाज लाग्दैन भने यो पनि सोचियोस, डा केसीको आन्दोलन यही सरकारको पालाबाट हैन हिजो कांग्रेसले सरकार चलाएदेखिकै हो ।’
एकल काटे लेख्छन्– ‘दाई यो कुरा तपाईले सदनमा उठाउनुपर्छ अनि मात्र तपाईको डा केसीप्रतिको समर्थनलाई जनताले पत्याउने छन् ।’
व्यंग्य गर्दै गहन खोज लेख्छन्– ‘तमासा त त्यतिखेर भो जारी गरेको संविधान पुनर्लेखकको मागमा सभापतिले समर्थन गरे, कार्की दिल्लीको नजिक छ रे कांग्रेस त भाई भाई हैन र ?’
विमलराज लेख्छन्– ‘यदि उनको आन्दोलनमा समर्थन हो भने तपाई हामी पनि एक पटक अनसनमा बसौं न, उनी ८–८ पटक बस्दा केही लागेन् हामी हजारौं युवा पनि बसौं त अनशन ।’
एउटा कथा लेख्छन्– ‘यो विषयमा संसदमा आवाज उठाउनुस् । सामाजिक सञ्जालमा मात्रै जनताको संघर्ष भनेर पुग्दैन् जिम्मेवारहरुले ।’
रमेश खनाल लेख्छन्– ‘यो विपक्षीको भसा हो कि सरकारमा छदा कान थुनेर बस्ने !’
dainiknepal
Loading...