Latest News

ओली सरकारको अर्को सफलता चीनले हाइड्रोमा लगानी गर्ने

काठमाडौं, ३१ जेठ । माथिल्लो त्रिशुली– २ जलविद्युत आयोजनामा चिनियाँ लगानी भित्रने भएको छ । चीन सरकारको स्वामित्वमा रहेको हाइड्रो चाइना कर्पोरेसनले १०२ मेगावाट क्षमताको यो आयोजना अघि बढाउने भएको हो ।

आयोजना निर्माणका लागि कम्पनी विद्युत विकास विभागमा उत्पादन अनुमतिपत्रका लागि जेठ दोस्रो साता निवेदन दिएको छ । यस्तै, आयोजनामा वैदेशिक लगानी भित्र्याउन कम्पनीले उद्योग विभागमा पनि निवेदन दिएको छ ।


चाइना हाइड्रो चीनको ठूलो प्रवर्द्धक कम्पनी हो । ०६७ मै सर्वेक्षण लाइसेन्स पाएको चाइना हाइड्रोले माथिल्लो त्रिशूली २ को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी विभागमा बुझाएको कारोबार दैनिकमा समाचार छ ।

Loading...