Latest News

साउनपछि ह्रवात्तै बढने भयो मोटरसाइकलको मुल्य (कति सिसिको कतिकर विवरणसहित) !!!

काठमाडौं, । मोटरसाईकल खरिद गर्न चाहनेका लागि आर्थिक वर्ष २०७३-७४ निकै दुःखदायी हुने भएका छ । सरकारले आर्थिक वर्ष २०७२-७३ को तुलनामा कर शुल्क बढाएको छ । सरकारले बढाएको कर साउनदेखि लागु हुने छ ।

जसमा मोटरसाइकल खरिद गर्दा ४२ प्रतिशतसम्म र पुराना मोटरसाईकलको वार्षिक सवारी शुल्कमा ५० प्रतिशतसम्म कर तिर्नु पर्ने भएको छ ।

आर्थिक वर्ष २०७२-७३ मा सरकारले नयाँ मोटरसाईकल खरिद गर्दा सडक निर्माण तथा सम्भार दस्तुरमा बृद्धि गरेको छ । १ सय २५ सीसीको मोटरसाइकल खरिद चालु आवको सात हजारबाट बढेर १० हजार रूपैयाँ लाग्ने भएको छ ।

१ सय २६ देखि २ सय ५० सीसीसम्मको मोटरसाइकल खरिद गर्दा भन्सार महसुल कर बाहेक पनि १२ हजार रूपैयाँ तिर्नुपर्ने छ । चालु आवमा ८ हजार थियो । २ सय ५१ सीसीदेखि ४ सयसम्म १५ हजार र ४ सयदेखि माथिका मोटरसाईकलको खरिद गर्दा २० हजार तिर्नुपर्ने भएको छ । चालु आवमा १० हजार र १५ हजार थियो।

सवारी साधन कर अन्तर्गत् १ सय २५ सीसीसम्मको मोटरसाईकलले प्रतिवर्ष २५ सय रूपैयाँ तिर्नुपर्ने छ । १ सय २६ देखि २ सय ५० सीसीसम्मको मोटरसाईकलले वार्षिक ४ हजार रूपैयाँ तिर्नुपर्नेछ ।

२ सय ५१ देखि ४ सय सीसीसम्मका मोटरसाईकलमा भने २ हजार र ४ सय सीसी भन्दा माथिका मोटरसाईकललाई ५ हजार रूपैयाँ कर थप गरिएको छ । ४ सय सीसीसम्मका मोटरसाईकलमा ६ हजारबाट बृद्धि गरेर ८ हजार रुपैयााँ बनाईएको छ । ४ सय सीसी भन्दा बढीका मोटरसाइकलमा १० हजार रूपैयाँ बाट बढाएर प्रतिवर्ष १५ हजार रूपैयाँ पुर्‍याईएको छ ।

Loading...