Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादीका कार्यकर्ताहरुले गरे एनसेलको टावरमा आगजनी

गोरखा, २९ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादीका कार्यकर्ताहरुले गोरखामा एनसेलको फोन टावरमा आगजनी गरेका छन् । गोरखाको अश्र्राङ गाविस–७ स्थित ठामडाँडामा रहेको एनसेलको मोबाइल टावरमा तीनजना विप्लव माओवादी कार्यकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले जेनेरेटरमा पेट्रोल छर्केर टावरमा आगजनी गरेको बताएको छ । मिनरल वाटारको बोत्तलमा ल्याएको पेट्रोल छर्केर टावरमा आगो लगाएको प्रहरी बताएको छ । आगोलगाए लगत्तै उनीहरुले प्रचा छाडेर हिँडेको बताईएको छ ।

प्रचामा नेकपा माओवादी जिन्दाबाद लेखिएको प्रहरीले जनाएको छ । नेकपा माओवादी गोरखाका सेक्रेटेरी कृष्ण वाग्ले ‘रुपेश’ ले गोरखाका विभिन्न स्थानमा रहेका टावरमा आफ्ना कार्यकर्ताले आक्रमण गरेको जनाउँदै यसको विवरण केही बेलुकासम्म आइपुग्ने बताएका छन् । उनीहरुले एनसेलले नतिरेसम्म भौतिक आक्रमण जारी राख्ने जनाएका छन् । – लाईटनेपालबाट ।
Loading...