Latest News

यी १२ लक्षणले मानिसको मृत्युको संकेत गर्छ

काठमाडौं। जीवन तथा मृत्युका बारेमा आम मानिस चिन्तित् हुन्छन् । यो स्वभाविक पनि हो । विज्ञानले मृत्युलाई रोक्न कयौं अध्ययन अनुसन्धान गरेपनि सफलता हात पारेको छैन । तर, भगवना शंकरसँग सम्बन्धित शिवपुराणमा मृत्यु हुनु अगाडिका संकेतका बारेमा उल्लेख गरिएको छ ।

सोही शिवपुराणका आधारमा जानौं कुन व्यक्तिको मृत्यु कहिले हुन्छ भन्ने बारेमा :

१. शिवपुराणका अनुसार जुन मानिस ग्रहको दर्शन हुँदा पनि दिशाको बारेमा ज्ञान हुँदैन तथा मनमा बैचेनी छाइरहन्छ त्यो व्यक्तिको मृत्यु ६ महिनामा हुन्छ ।

२. जुन व्यक्तिलाई अचानक निलो झिंगा आएर घेर्छ उसको एक महिना भन्दा पनि कम हुन्छ ।

३. शिवपुराणमा उल्लेख गरिएको छ की जुन मनुष्यको शीर माथि गिद्ध, काग अथवा सुगाा आएर बस्छ उसको एक महिना भित्र मृत्यु हुन्छ ।

४. यदी अचानक कुनै व्यक्तिको शरीर सेतो या पहेंलो छ अथवा रातो निशाना देखाउँछ त्यो व्यक्तिको मृत्यु ६ महिनाभित्र मृत्यु हुन्छ । यस्तै जुन व्यक्तिको मुख, कान, आँखा, जिब्रो लगायतका शरीरका अंगले सहि तरिकाले काम गर्न छाडे पनि ६ महिनामा मृत्यु हुन्छ ।

५. जुन मनुष्यले चन्द्रमा अथवा सूर्यका वरिपरी चम्किलो घेरा कालो या रातो देख्छ त्यो मनुष्यको मृत्यु १५ दिनभित्र हुन्छ ।

६. यही कुनै मनुष्यको मुख र घाँटी पटक पटक सुख्खा हुन थाल्छ त्यो मानिसको ६ महिना भित्र मृत्यु हुने शिवपुराणमा उल्लेख गरिएको छ ।


७. जुन मानिसले आफ्नो छायाँमा टाउको देख्दैन अथवा छायाँ नै देख्दैन भने यस्ता मनुष्यको एक महिना भित्र मृत्यु हुन्छ ।

८. जब कुनै मनुष्यको बायाँ हात लगातार एक हप्ता सम्म भारी हुन्छ (अररो पार्छ) त्यो मनुष्य एक महिना भन्दा पनि कम मात्रै बाँच्छ ।

९. शिवपुराणका अनुसार जुन मनुष्यले ध्रुव तारा अथवा सूर्यमण्डलको पनि सहि रुपले हेर्न सक्दैन तथा रातमा इन्द्रधनुष र दिनमा उल्कापात भएको देख्छ साथै गिद्ध र कागले घेरिरहन्छ उसको आयु ६ महिना भन्दा बढी हुँदैन ।

१०. जुन मनुष्यलाई सूर्य तथा चन्द्रमामा राहूको पीडा देखिन्छ त्यो मानिसको मृत्यु ६ महिना भित्र हुन्छ ।

Loading...