Latest News

नयाँ शक्ति धमाका- सबै राष्ट्रिय दैनिकमा बाबुरामको ‘फल्स ज्याकेट’

३० जेठ, काठमाडौं ।
पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणाको भव्य तयारी गरिएको छ । बाबुरामको नयाँ शक्तिले पार्टी घोषणाको पहिलो दिन मिडियामा नेपालको इतिहासमै अनौठो प्रवृत्ती देखाएको छ 

नेपालमा पार्टी फुटेर मात्र नयाँ पार्टी बन्ने चलन भन्दा पृथक रहेर पहिलो पटक नयाँ पार्टी गठनको घोषित प्रक्रियापछि गठन हुन लागेको नयाँ शक्तिले पार्टी घोषणाको पहिलो दिन देशका सबैजसो प्रमुख राष्ट्रिय दैनिकमा ज्याकेट पेज विज्ञापन छापेको छ ।\

कुनै पनि राजनीतिक पार्टीले पार्टी गठनकै दिन यति धेरै दैनिक पत्रिकामा ज्याकेट पेज विज्ञापन दिएको नेपालको इतिहासमै संभवत पहिलो घटना हो । यस्ता फल्स ज्याकेटका लागि कान्तिपुर दैनिकले मात्र १५ देखि १६ लाख सम्म शुल्क लिने गरेको बताइन्छ । अधिकाँश राष्ट्रिय दैनिकमा ज्याकेट पेज हाल्नका लागि १० लाख भन्दा बढी पैसा लाग्छ । तर नयाँ शक्तिले भने सबै मिडियामा राखिएका विज्ञापन सहयोगस्वरुप मात्र भएको दावी गरेको छ ।

बाबुरामको नयाँशक्ति प्रचारशैली निक्कै खर्चिलो भन्दै ब्यापक आलोचना पनि भएको छ । टेलिभिजन हेर्दा वा पत्रिका पढदा चुनाव नै आएकोजस्तो गरी नयाँ शक्ति नेपालले विज्ञापन गरिरहेका छन् । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नै पार्टी घोषणा सभामा सहभागी हुने विज्ञापनको मोडलिङ गरेका छन् । त्यही मोडलिङ भएको विज्ञापनलाई टेलिभिजनमा लाखौ रुपैयाँ खर्च गरेर प्रसारण भइरहेको छ भने पत्रपत्रिका पनि दैनिक लाखौ रुपैयाँ खर्च गरेर विज्ञापन प्रकाशित गरिरहेको छ । नयाँ शक्तिले व्यापाक रुपमा प्रसार शैलीलाई निकै भडकिलो रुपमा अगाडि बढाएको छ ।

नेपालका अधिकाँश चलेका टेलिभिजन, पत्रिका र एफएम रेडियामा नयाँ शक्तिको ब्यापक प्रचार देखिन्छ । नयाँ शक्तिले आफ्नो मुख्य नारा “समृद्धी सम्भव छ हाम्रै पालामा” भन्ने बनाएको छ । ‘अबको निकास, आर्थिक विकास’ भन्ने नारा दिँदै नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले टेलिभिजन देखि एफएम सम्म आफ्नै बोली र अभिनयमा विज्ञापन प्रसारण गरेका छन् ।  यदी नयाँ शक्तिको ज्याकेट विज्ञापन स-शुल्क हो भने यसका लागि मात्र नयाँ शक्तिले १ करोड भन्दा माथि खर्च गरेको देखिन्छ । यद्यपी यो सहयोगमा निशुल्क मात्र भएको नयाँ शक्तिको दावी छ ।

केही अनलाईन मार्फत पनि नयाँ शक्तिले आफ्नो पार्टी घोषणा सहभागी हुनको लागि फरक–फरक विज्ञापनको शैली अपनाएको छ ।

आइतबार दिउसो काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह १२ बजे कार्यक्रम आयोजना गरि पार्टी घोषणा गर्न गरिँदै छ । एक लाख भन्दा बढी पार्टी सदस्यहरु उपस्थित हुने नयाँ शक्तिको दावी छ । नयाँ शक्तिले अहिले गरिएको सबै खर्च सहयोगमा गरिएको र पार्टी सदस्यहरुले समेत आफ्नै खर्चमा सम्मेलनमा सहभागी हुने दावी गरेको छ ।

पैसाको श्रोत ?

नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाका अनुसार एक संस्थापक सदस्यहरुबाट १ सय ५ रुपैयाँको दरले उठाउदा १ करोड ५ लाख हुन्छ । अन्तरिम केन्द्रीय परिषद्मा रहेका ४ सय ४९ बाट २२ लाख ४५ हजार सचिवालय सदस्यमा रहेका ५१ जनाबाट ५ लाख दस हजार, चन्दाको संकलनको लागि विभिन्न निकायमा पत्रचार गरिएका छ । १५ सय प्रतिनिधिबाट प्रवेश शुल्क १ हजार लिने व्यवस्था गरिएको छ । मोटामोटी ढेड करोड रुपैयाँ उठने लक्ष्य पार्टीले लिएको लिएको छ ।


नयाँ शक्तिले पार्टी स्थापना हुने दिन आज राजधानीा चार ठाउँमा भेला भएर रंगशाला पुग्ने कार्यक्रम तय गरेको छ । नयाँ शक्तिका नेता गंगा श्रेष्ठका अनुसार कुपन्डोल बिजुलीबजार पुल, कालिमाटी रत्नपार्कमा भेला भएर ८ देखि १० मिनेटमा रंगशाला पुग्ने दावी गरेका छन् । नयाँ शक्तिले आफ्नो जुलुसमा ट्राफिक जाम नहुने दावी समेत गरेको छ ।
Loading...