Latest News

सीके राउतपछि मधेस टुक्र्याउन महन्थ ठाकुर कम्मर कसेर लागे (प्रमाणसहित) !!!

काठमाडौं, ३१ जेठ । पृथकतावादी सीके राउतले तराईमा ‘स्वतन्त्र मधेस’ अभियान चलाइरहेका बेला एउटा मधेसवादी दलले पनि त्यही बाटो समातेको छ । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले आफ्नो ब्यानरमै ‘मधेसी राष्ट्र’ उल्लेख गरेर नेपालबाट तराई फुटाउने षडयन्त्र सुरु गरेको हो ।10
जो अहिले मधेसी मोर्चा र संघीय गठबन्धनमा आवद्ध भएर मधेसीले अधिकार पाउनुपर्ने भन्दै आन्दोलन पनि गरिरहेको छ ।
काठमाडौंमा आन्दोलन तथा भाषण गरेर आफूहरुको आन्दोलन राष्ट्रिय एकता जोड्नका लागि भएको बताइरहेका बेला व्यवहारमा मधेस फुटाउने षडयन्त्र रचेर नेपाली स्वाभिमानमाथि आक्रमण गर्न खोजेको देखिएको छ । यो कुरालाई तमलोपाको महाधिवेशन ब्यानरले पुष्टि गर्छ । असार ६ देखि ८ सम्म नवलपरासीको रामग्राममा हुन लागेको प्रथम महाधिवशेनको ब्यानरमा ‘संघर्ष, समानता और सम्मान का मधेशी राष्ट्र की पहचान का’ नारा उल्लेख गरिएको छ ।
यो नाराले मधेस तथा राजधानीमा गरिएको अहिलेसम्मको संघर्ष र आन्दोलन मधेसलाई अलग्गै राष्ट्र बनाउनका लागि भएको बुझाउँछ । जून भारतको पनि चाहँना हो । हुन त मधेसवादी दलको आन्दोलनमा भारतको प्रत्यक्ष सहयोग छ । जून कुरा मधेसी नेताहरुले आफै स्वीकार गरिसकेका छन् । भारतकै सहयोगमा नाकाबन्दीसम्म गरेका थिए । महन्थ ठाकुरको पार्टीले आफ्नो प्रथम महाधिवेशनको ब्यानरमा माथि कै नारा लेखेर व्यापक प्रचार गरिरहेका छन् ।
‘स्वतन्त्र मधेस’ अभियानका संयोजक सीके राउतले नेपाली स्वाभिमान विरुद्ध गतिविधि गर्दा स्थानीय प्रशासन, प्रहरी र राज्यले पक्राउ गर्दै आएको छ तर, महन्थ ठाकुरले खुलेयाम नारा नै बनाएर प्रचार गर्दा पनि राज्य मौन छ । के महन्थ ठाकुरलाई नेपाली स्वाभिमानमाथि आक्रमण गर्न खुला छ ?
dainiknepal
Loading...