Latest News

सत्ता टिकाउन आग्रह सहित पाँचतारे होटलमा प्रधानमन्त्री र भारतीय राजदूतबीच रात्रीभोजसहितको गोप्य वार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राजदूत रञ्जित रेको लागि राजधानीको एक पाँचतारे होटलमा रात्री भोज गरेका छन् ।
ओली नेतृत्वको सरकार संकटमा परेको भन्ने चर्चा चलिरहेको बेला ओलीले राजदूत रेलाई रात्री भोज दिएका हुन् । आइतबार साँझ ७ बजेदेखि चलेको रात्री भोज राती अबेर सम्म चलेको थियो भने सो क्रममा ओली र रेबीच गोप्य वार्ता समेत भएको स्रोतको दाबी छ ।

निकै गोप्य राखिएको उक्त रात्री भोजमा प्रधानमन्त्रीका निकटस्थ सल्लाहकारका   साथै भारतीय राजदूत रेसहित दूताबासका डिसिएम विनय कुमार  सहभागि रहेको स्रोतले जनाएको छ ।

सो क्रममा ओलीले आफू नेतृत्वको सरकारलाई सहयोग गर्न राजदूत रेमार्फत भारतसँग आग्रह गरेको स्रोतको दाबी छ ।

यस्तै प्रधानमन्त्रीले मधेसी मोर्चाको माग अनुसार संविधानपनि संशोधन गरिएको तर अझैं पनि उनीहरुले आन्दोलन गर्न नछाडेको भन्दै समस्या सिर्जना भएको बताएका थिए । उनीहरुको माग पूरा भइसकेको अवस्थामा पनि आन्दोलन नरोक्नु आचर्यजनक भएको उनले बताएका थिए ।
वार्ताका क्रममा भारतीय राजदूत रेले आफूहरुले नेपालमा शान्ति र स्थायित्व चाहेको धारणा राखेका थिए । सरकारबारे भने उनले ओलीसँग खुलेर कुरा नगरेको स्रोतको दाबी छ ।



एमाओवादीको बलियो समर्थनमा बनेको ओली सरकार पछिल्ला दिनहरुमा संकटमा परेको चर्चा चलिरहेको बेला ओलीले  भारतीय राजदूतलाई रात्रीभोज दिएर  गोप्य वार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Loading...