Latest News

सिंहदरबार घेराउ गर्न संघीय गठबन्धनको नयाँ रणनीति सार्वजनिक !!!

काठमाडौं, १९ वैशाख । संघीय गठबन्धनले आफ्नो सिंहदरबार घेराउ केन्द्रित आन्दोलनलाई व्यवस्थित बनाउन एक दर्जन उपसमितिहरु गठन गरेको छ ।

गठबन्धनको केन्द्रीय सचिवालयको आज काठमाडौंमा बसेको बैठकले विभिन्न दश उपसमितिहरु गठन गरेको सद्भावना पार्टीका केन्द्रीय सदस्य रामकिशोर सिंहले जानकारी दिनुभयो । ‘आन्दोलन व्यवस्थापनका लागि दश उपसमितिहरु गठन भएका छन्’, उहाँले भन्नुभयो, ‘उपसमितिहरुले सिंहदरबार घेराउको आन्दोलनलाई व्यवस्थित गर्नुका साथै अन्य व्यवस्थापनको काम गर्नेछ ।’

सचिवालयले जनपरिचालन उपसमिति, स्वास्थ्य उपसमिति, आवास उपसमिति, सांकृतिक उपसमिति, अन्तर्राष्ट्रिय सम्बन्ध उपसमिति, प्रशासनिक उपसमिति, आर्थिक उपसमितिलगायत दश उपसमिति बनाएको हो ।

जेठ २ गते सिंहदरबार घेराउको कार्यक्रम राखेको संघीय गठबन्धनले आज मजदुर दिवसका दिन विभिन्न जिल्लामा प्रदर्शनहरु गरेको छ । गठबन्धनले वैशाख २१ गते विभिन्न जिल्लाहरुमा प्रदर्शन गर्दैछ ।

संविधान पुनर्लेखनको माग गर्दै आएको संघीय गठबन्धनले हिमाल, पहाड र तराई सबैतिर आन्दोलन सुरु भएको दाबी गरेको छ ।

Loading...